सचिवर कार्यकारी निर्देशकबीच जुहारी

सचिवर कार्यकारी निर्देशकबीच जुहारी

काठमाडौं: नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का र आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाबीचको विवाद उत्कर्षमा पुगेको छ । ती दुवै निकायका प्रमुखले एकले अर्कालाई सहयोग नगरेको भन्दै विवाद गरेका छन् ।

व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा मंगलबार बुलेट खरिद प्रक्रियाका सम्बन्धमा बसेको बैठकमा ती दुवैबीचको विवाद सार्वजनिक भएको हो । निगमका कार्यकारी निर्देशक खड्काले उपभोक्ताको हकहितका विषयमा आफू काम गर्न खोज्दा मन्त्रालयले असहयोग गरेको आरोप लगाए ।

'म डटेर काम गर्न चाहन्छु', उनले भने, 'तर मन्त्रालयले हामीसँग सौतेनी व्यवहार मात्र गर्दै आएको छ । हामी हरेक काम कारबाही सम्पादन गर्दा मन्त्रालय र सञ्चालक समितिसँग सहयोग माग्छौं । तर, सधै असहयोग मात्रै पाइयो । मन्त्रालयको यस्तो वातावरणमा काम गर्न सकिन्न ।'

असहयोगकै कडीका रूपमा पछिल्लो समयमा मन्त्रालयले बुलेट खरिद प्रक्रियामा रोक लगाएको खड्काले बताए । खड्काले मन्त्रालय, समिति, उद्योगी र उपभोक्तावादीसँगको दर्जनौं पटकको छलफल पश्चात समिति र सरकारकै सहमतिमा बुलेट खरिद प्रक्रिया अघि बढाउदा मन्त्रालयले एकलौटी रूपमा रोक लगाएर असहयोग गरेको आरोप लगाए ।

 

'मन्त्रालय र सञ्चालक समितिले आफू पनि कुनै काम नगर्ने र म गर्न खोज्दा मलाई पनि केही गर्न नदिने अवस्था छ,' खड्काले भने, 'मन्त्रालयलाई अवगत गराएर हरेक काम कारबाही गरे पनि उल्टै मन्त्रालयले समय समयमा पत्र पठाएर मलाई थर्काउने काम गर्दै आएको छ । यस्तो अवस्थामा जनताको अति आवश्यक वस्तुका पक्षमा काम सकिन्न ।' निगम सञ्चालक समितिको अध्यक्ष मन्त्रालयको सचिव हुने व्यवस्था छ ।

सञ्चालक समिति बैठक संवेदनशीलताका आधारमा नबस्ने, बोर्डमा पठाएको प्रस्ताव उपर छलफल गरेर कुनै निर्णय नदिने र बोर्डले असहयोग गर्ने गरेको जानकारी गराउँदै उनले यस्तो समस्या समाधान गर्न निगमको बोर्डको पुनर्संरचना गर्नुपर्ने भनेर माग समेत गरे । 'सचिव आफै बोर्डको अध्यक्ष हुने व्यवस्था छ, अध्यक्ष भएको नाताले निगमभित्रको कुनै पनि विषय वस्तुबारे आफूलाई थाहा छैन भनेर भन्नु अध्यक्षले सुहाउँदैन', खड्काले भने ।

मन्त्रालयका सचिव श्रीधर सापकोटाले मन्त्रालयले निगमको हरेक गतिविधिमा आफूले सहयोग गरेको दाबी गरे । उनले निगमले मन्त्रालय र आफ्नो निर्देशनलाई अटेर गरेको जानकारी दिए । सचिव सापकोटाले निगमको कार्यकारी निर्देशक र सञ्चालक समितिको अध्यक्षले के काम गर्न पाउने भनेर क्षेत्राधिकारी विभाजन नहुँदा समस्या उत्पन्न भएको दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.