नेसनल माइक्रोको सेयर आकर्षण

नेसनल माइक्रोको सेयर आकर्षण

काठमाडौं: नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको आईपीओ भर्न सर्वसाधारणको घुईंचो लागेको छ । गत आइतबारदेखि निष्कासन खुला भएको यो माइक्रोफाइनान्सको सेयर सेयर भर्ने म्याद बुधबारसम्म छ । संकलन केन्द्र धेरै राखिएकाले विगतमा जस्तो यसपटक आवेदकले धेरै दुःख भने पाएका छैनन् ।

पर्याप्तमात्रामा संकलन केन्द्र राखिएको छ । फारम पनि सजिलै पाइएको आवेदकहरूको भनाई छ । सेयरको दोस्रो बजार बढेका बेला आइपीओ (साधारण सेयर) मा पनि चाप बढ्ने गर्छ । माइक्रोफाइनान्सको सेयरमा लगानीकर्ताको अझ बढी आकर्षण रहँदै आएको छ । विगतमा सर्वसाधारणले धेरै सास्ती खेप्नुपरेपछि यसपटक संकलन केन्द्र पर्याप्तमात्रामा बढाइएको हो ।

उपत्यकामा नेपाल इन्भेस्टमेन्ट बैंकको केन्द्रीयसहित शाखा कार्यालय तथा एनआईबीएल क्यापिटलमा आवेदन फारम बुझाउन पाउने व्यवस्था छ । यो सेयरमा सोमबारसम्म दुई अर्ब ४० करोड रुपैयाँको सेयर आवेदन परिसकेको छ । तेस्रो दिनको भने मंगलबार साँझसम्म पनि अन्तिम तथ्यांक आउन बाँकी रहेको बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल लिमिटेडले जानकारी दिएको छ । यस दिन अझ बढी रकमको आवेदन परेको अनुमान छ ।

एनआईबीएल क्यापिटल लिमिटेडका महाप्रबन्धक मेखबहादुर थापाले धेरै संकलन केन्द्र राखिएकाले आवेदकलाई सहज भएको बताए । सोमबारसम्म दुई अर्ब ४० करोड हाराहारीमा आवेदन परेको छ । मंगलबारको विवरण साँझसम्म आएको छैन’, उनले भने ।

 

लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । एक सय रुपैयाँ अंकित मूल्यको तीन लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

धादिङबेसीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यो माइक्रोफाइनान्सको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी १० करोड रुपैयाँ छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी पनि १० करोड रुपैयाँ पुग्नेछ ।

नेपाल इन्भेस्टमेन्ट बैंक, कुमारी बैंक, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी, पश्चिमाञ्चल डेभलपमेन्ट बैंकको लगानी छ । सिनर्जी फाइनान्स, बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक र काठमाडौं फाइनान्सले पनि यसमा लगानी गरेका छन् । बिजनेस युनिभर्सल अहिले सिद्धार्थ बैंकसँग मर्जमा गइसकेको छ ।

संकलन केन्द्र धेरै राखिएकाले विगतमा जस्तो यसपटक आवेदकले धेरै दुःख भने पाएका छैनन् । फारम पनि सजिलै पाइएको आवेदकको भनाइ छ ।

आर्थिक वर्ष २०७२/७३ मा चार करोड आठ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७१/७२ मा कमाई जम्मा एक करोड तीन लाख ९७ हजार रुपैयाँमात्र थियो । यो वित्तीय संस्थाको रिजर्भ कोषमा पनि पाँच करोड पाँच लाख चार हजार रुपैयाँ पुगिसकेको छ ।

नेसलन माइक्रोफाइनान्सले १० करोड २५ लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरी ८७ करोड ७६ लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । खुद ब्याज आम्दानी आठ करोड ४८ लाख ४५ हजार रुपैयाँ पुगेको अपरिस्कृत वित्तीय विवरणमा देखाइएको छ ।

आर्थिक वर्ष २०७४/७५ सम्ममा ३४ करोड रुपैयाँ सेयर पुँजी र जगेडा कोषमा १५ करोड ७७ लाख ३६ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । । तीन लाख कित्ता सेयरमध्ये १२ हजार कित्ता कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.