मतदान अघिनै गठबन्धनसँग सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी

मतदान अघिनै गठबन्धनसँग सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी

काठमाडौंः संघीय गठबन्धनले बुधबार पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग छलफल गर्दैछ ।

प्रधानमन्त्री निर्वाचनमा सघाउन कांग्रेस माओवादी गठबन्धनले गरेको आग्रह अनुसार सहमतिका लागि फेरि दलहरु छलफलमा जुट्ने भएका हुन् । गठबन्धनसँग भएको छलफल र सहमतिलार्इ अन्तिम रुप दिँदै सहमति पत्रमा हस्ताक्षर गर्ने दलहरुबीच तयारी छ ।

संयुक्त गठबन्धनको मोर्चासँग कांग्रेस र माओवादीले मंगलबार पनि छलफल गरेको थियो ।

छलफलबाट तीन बुदे सहमति भएको छ । संयुक्त गठबन्धनले प्रधानमन्त्रीमा प्रचण्डलाई सघाउने बताएपनि उक्त तीन बुँदे सहमतिलाई अन्तिम रुप दिन फेरि नेताहरु छलफलमा जुटेका हुन् ।

नेताहरु व्यवस्थापिका संसदको शंकर हलमा भेला भएर सहमतिलाई अन्तिम रुप दिने तयारीमा लागेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.