संसद्‌ बैठक सुरु, प्रधानमन्त्रीका लागि केहीबेरमा मतदान

संसद्‌ बैठक सुरु, प्रधानमन्त्रीका लागि केहीबेरमा मतदान

काठमाडौं : संसद्को बैठक सुरु भएको छ। नयाँ प्रधानमन्त्रीका लागि संसद्‌मा केहीबेरमा मतदान हुँदैछ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान ११ बजे बैठक बोलाइए पनि एक घन्टा ढिलो सुरु भएको हो। मधेसी मोर्चासहितको गठबन्धनसँग सहमति जुटाउने प्रयासले बैठक केही ढिलो भएको हो।

प्रधानमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवारी पेस गर्दैछन्। त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्नेछन्। केही समर्थकले बोलेपछि प्रस्तावउपर मतदान हुनेछ।

प्रधानमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल एक्लो उम्मेदवार भएकोले उनी निर्वाचित हुने निश्चित भएको छ। आजै प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बन्नेछन्। गणतन्त्रपछि दुईपटक प्रधानमन्त्री बन्ने अवसर प्रचण्डलाई मिलेको छ।

संसद्मा हाल ५९५ सांसद छन् । संसद् नियमावलीअनुसार प्रधानमन्त्रीमा निर्वाचित हुन संसद्मा तत्काल कायम सदस्य सङ्ख्याको बहुमत अर्थात २९८ मत ल्याउनुपर्छ । प्रचण्डलाई कांग्रेस, मधेसवादी दलहरुसहित १६ दलका ३ सय ५० भन्दा बढी सांसदको समर्थन प्राप्त हुने देखिएको छ। एमाले र राप्रपा नेपालले विपक्षमा मतदान गर्ने निर्णय गरेका छन्। एक्लै उम्मेदवार परे पनि निर्विरोध नहुने र बहुमत देखाउनैपर्ने प्रावधानका कारण मतदानमा जानुपर्ने अवस्था छ।

प्रचण्डको उम्मेदवारीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रस्तावक छन् । दाहालको उम्मेदवारीमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता परशुराम तामाङ, सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले समर्थन जनाएका छन्।

त्यस्तै अध्यक्ष दाहाललाई नेकपा (संयुक्त) का जयदेब जोशी, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह, नेपाली जनता दलका हरिचरण साह, जनजागरण पार्टीका लोकमणि ढकाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का रुक्मिणी चौधरी, खुम्बुवान राष्ट्रिय मोर्चा नेपालका रामकुमार राई, थरुहट तराई पार्टी नेपालका गंगा चौधरी (सत्गौवा),मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का योगेन्द्र चौधरी, अखण्ड नेपालका कुमार खड्का, दलित जनजाति पार्टी नेपालका यसोदाकुमारी लामा र स्वतन्त्र सांसद चन्द्रेश्वर झाले समर्थन जनाएका छन्।

निर्वाचनमा अध्यक्ष दाहाललाई काँग्रेसका २०७, माओवादी केन्द्रका ८१, सङ्घीय समाजवादीका १५, फोरम (लोकतान्त्रिक)का १४, राप्रपाका १२, तमलोपाका ११, सद्भावना पार्टीका पाँच, नेकपा (संयुक्त) तीन, थरुहट तराई पार्टी दुई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का एक, समाजवादी जनता पार्टी एक, नेपाली जनता दल एक, खुम्बुवान राष्ट्रिय मोर्चा एक, अखण्ड नेपाल पार्टी एक, दलित जनजाति पार्टी एक, जनजागरण पार्टी एक र स्वतन्त्र सांसद एक गरी जम्मा ३५८ सांसदले समर्थन जनाउने भएका छन् । यो सङ्ख्या मतदानको समयसम्ममा अझ बढ्नसक्ने दाबी नयाँ गठबन्धनका नेताहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.