खनाल र अर्यालको संसदीय सुनुवाइ सम्पन्न

खनाल र अर्यालको संसदीय सुनुवाइ सम्पन्न

काठमाडौं: व्यवस्थापिका-संसद्, संसदीय सुनुवाइ विशेष समितिले बुधबार थप दुई प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ ।

समितिले परराष्ट्र सेवामा रहेका प्रस्तावित राजदूतमध्ये रमेशप्रसाद खनाल र झविन्द्रप्रसाद अर्यालको बुधबार संसदीय सुनुवाइ गरेको हो । सरकारले खनाललाई जर्मनी र अर्याललाई इजिप्टका लागि राजदूतमा प्रस्ताव गरेको छ ।

दुबैजना परराष्ट्र मन्त्रालयका सहसचिव हुन् । समितिले मंगलबार पाँचजनाको सुनुवाइ गरेको थियो । परराष्ट्र सेवामा रहेकामध्ये बेल्जियमका लागि राजदूतमा प्रस्तावित लोकबहादुर थापाको भने बिहीबार बिहानको बैठकमा संसदीय सुनुवाइ गर्ने समितिले कार्यसूची तय गरेको छ ।

संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत खनाल र अर्यालले आ-आफ्नो कार्ययोजना र सोच प्रस्तुत गर्दै जर्मनी र इजिप्टको नेपालसँगको सम्बन्धलाई आफ्नो कार्यकालमा नयाँ उचाइ प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

जर्मनी नेपालको ठूलो विकास साझेदारमूलुक हो । जर्मनी र नेपालको संयुक्त लगानीमा यहाँ करिब १४ उद्योग सञ्चालनमा छन् । नेपालबाट जर्मनीमा खासगरी पश्मिना र जडीबुटी निर्यात हुँदै आएको छ । पछिल्लो समय जर्मनबाट बर्सेनि १० हजारको हाराहारीमा पर्यटन नेपाल आउने गरेकामा आफ्नो कार्याकालमा त्यसलाई बढाएर ५० वर्ष पुर्‌याउने प्रस्तावित राजदूतले अठोट व्यक्त गर्नुभयो ।

सरकारले परराष्ट्र सेवाभन्दा बाहिरबाट थप १४ जनालाई राजदूतका लागि प्रस्ताव गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.