परिवार दलले प्रचण्डलाई नै भोट हाल्ने

परिवार दलले प्रचण्डलाई नै भोट हाल्ने

काठमाडौंः नेपाल परिवार दलले नयाँ प्रधानमन्त्री निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मतदान गर्ने निर्णय गरेको छ ।

दलको बुधबार बिहान बसेको केन्द्रीय कार्यसमितिको बैठकले राजनीतिक दलहरुबीचमा राष्ट्रिय सहमति कायम गर्न र नयाँ संविधान कार्यान्वयन गर्न उचित वातावरण तयार गर्न भन्दै दलले सो निर्णय गरेको दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिए ।

बैठकले नयाँ प्रधानमन्त्री पदमा एकजनाको मात्र उम्मेदवारी परेको भन्दै अध्यक्ष दाहाललाई नै मतदान गर्ने पनि निर्णय गरेको थियो ।

परिवार दलको तर्फबाट व्यवस्थापिका–संसद्मा अध्यक्ष ढकालसहित अर्का सांसद मिलनकुमारी राजवंशीको प्रतिनिधित्व छ ।

अध्यक्ष ढकाल प्रम केपी शर्मा ओलीको मन्त्रिमण्डलमा शान्तिमन्त्री थिए ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.