‘एमालेले मेरो विपक्षमा मतदान गर्नु सकारात्मक’
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता नगराउनु सकारात्मक कदम भएको बताएका छन् ।
नयाँ प्रधानमन्त्रीको लागि उम्मेदवारी पेस गर्दै प्रचण्डले भने–‘हिजो मात्रै एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने तर प्रस्तावित उम्मेदवारको विपक्षमा मतदान गर्ने भन्ने निर्णय गर्यो यो सकारात्मक छ ।'
एमालेको प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णयले आगामी दिनमा एमालेसँग एकताका साथ अघि बढ्ने बाटो खुलेको प्रचण्डको भनाई छ ।
संसदको बैठकमा अहिले प्रचण्डले सम्बोधन गरिरहेका छन् ।