मधेसीसहितको गठबन्धनसँग भएको सहमति यस्तो छ

मधेसीसहितको गठबन्धनसँग भएको सहमति यस्तो छ

काठमाडौँः प्रधानमन्त्रीका लागि मतदानमा जानुअघि नै मधेसका माग र मुद्दा सम्बोधन गर्ने बारेमा कांग्रेस, माओवादी र मधेसी मोर्चासहितको गठबन्धनबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ।

तीनै पक्षका शीर्ष नेताहरुबीचको बुधबार बिहानको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमतिको मस्यौदा मंगलबार बिहान नै तयार भए पनि मंगलबार बेलुका हस्ताक्षर हुन सकेको थिएन र गठबन्धनका नेताहरुले कांग्रेस माओवादीले कुरा फेरेको भन्दै असन्तुष्टी जनाएका थिए।

प्रचण्डको उम्मेदवारीमा मोर्चासहितको गठबन्धनले मंगलबार नै समर्थन जनाएको थियो। यो सहमतिपछि मधेसी मोर्चासहितको गठबन्धनले प्रधानमन्त्रीमा प्रचण्डलाई मत दिएका छन्। 

सहमतिको पहिलो बुँदामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा/संघीय गठबन्धनले नेपाल सरकार समक्ष प्रस्तुत गरेका मागहरू मध्ये संविधानसँग सम्बन्धित रहेका विषयहरूमा सहमतिका आधारमा सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदमा प्रस्तुत गर्ने उल्लेख छ।

सहमतिको दोस्रो बुँदामा सरकार गठन भएलगत्रै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा /संघीय गठबन्धनको आन्दोलनको क्रममा तराई मधेसमा भएका हिंसा, हत्या आगजनी, तोडफोडलगायतका घटनाहरुबारे सत्य तग्य छानबिन गरी प्रतिवेदन पेस गर्न सरकारले पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने भनिएको छ।

उक्त आन्दोलनका क्रममा बलिदान भएकाहरुलाई उच्च सम्मान गर्न शहीद घोषणा गर्ने र पीडित परिवारलाई ससम्मान आर्थिक सहयोग उपलब्ध गराउने । अपांग भएकाहरुलाई क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरुका हरुको सम्पूर्ण उपचार खर्च बेहोर्ने अनि गिरफतार गरिएकाहरुलाई बिना सर्त रिहाई गरिने र लगाइएका मुद्दाहरू सरकारले खारेज गर्ने तथा फिर्ता गर्ने विषय पनि दोस्रो बुँदामा उल्लेख छ।

तेस्रो बुँदामा आगामी सरकार गठनका लागि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुसार व्यवस्थापिका संसदमा साउन १९ गते हुने प्रधानमन्त्रीको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष माननिय पुष्पकमल दाहाल प्रचण्डको पक्षमा मतदान गर्ने भनिएको छ।

यो सहमतिपछि झन्डै एक वर्ष लामो मधेस आन्दोलन पनि टुंगिएको छ। संविधान जारी नहुँदै मधेसी दलहरुले संविधानसभा छोडेर सिमांकनलगायतका विषयलाई अघि सारेर आन्दोलन गर्दै आएका थिए।


सहमतिपत्रमा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी, थरुहट तराई पार्टीका अध्यक्ष भानुराम चौधरी, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा, मधेस जनाधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादव र नेपाःराष्ट्रिय पार्टीका महासचिव डा विजय सैंजुले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.