प्रधानमन्त्रीका लागि मतदान प्रक्रिया सकियो, केही बेरमा नतिजा
काठमाडौँः नयाँ प्रधानमन्त्रीका लागि संसद्मा मतदान प्रक्रिया सकिएको छ । प्रधानमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल एक्लो उम्मेदवार भएकोले उनी निर्वाचित हुने निश्चित भएको छ। व्यवस्थापिकाका सांसद मतदानको परिणामको प्रतिक्षामा छन् ।