प्रधानमन्त्री निर्वाचित भएपछि प्रचण्डले हात हल्लाए तर बोलेनन्
काठमाडौँः पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निर्वाचित भएपछि कुनै प्रतिक्रिया नदिइ संसद भवनबाट बाहिरिएका छन् ।
नव निर्वाचित प्रधानमन्त्री प्रचण्डसँग प्रतिक्रिया दिन लागेको पत्रकारको भिडतर्फ हात हल्लाउदै प्रचण्ड संसद भवनबाट बाहिरिएका हुन् । सञ्चारकर्मीले प्रतिक्रिया लिन थुप्रै प्रयास गरेका भए पनि प्रचण्डलाई सुरक्षाकर्मीले सिधै गाडीमा राखेका थिए ।
प्रतिक्रिया लिन गाडीसम्मै पुगेका पत्रकार समेत प्रतिक्रिया नपाएपछि फर्किएका छन् ।