मोदीले प्रचण्डलाई फोनमा बधाई दिदै भारत भ्रमणको निम्तो दिए

मोदीले प्रचण्डलाई फोनमा बधाई दिदै भारत भ्रमणको निम्तो  दिए

काठमाडौँः नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । प्रधानमन्त्री निर्वाचित भएर निजी निवास जाँदै गर्दा प्रचण्डलाई मोदीले टेलिफोन गरेर बधाई दिएका हुन् ।

अन्नपूर्ण अनलाइनसँग कुरा गर्दै प्रचण्डका सहयोगी जोगबहादुर महरा ‘प्रताप’ले भने, ‘मोदीले सर्वप्रथम बधाई दिदै कार्यकालको सफलताको शुभकामना दिनुभएको छ र मौखिक रुपमा भारत भ्रमणको निम्तो समेत दिनुभएको छ ।’

त्यस्तै, नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले भने प्रचण्ड निवासमै पुगेर प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा प्रचण्डलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.