ओलीको छोटो प्रतिक्रियाः एमाले जिम्मेवार रुपमा प्रस्तुत हुन्छ

ओलीको छोटो प्रतिक्रियाः एमाले जिम्मेवार रुपमा प्रस्तुत हुन्छ

काठमाडौँ: निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षमा रहेर जिम्मेवार रुपमा प्रस्तुत हुने बताएका छन् ।

व्यवस्थापिका–संसद्को बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री पदमा निर्वाचित भएपछि बाहिरिने क्रममा पत्रकारद्वारा ‘अब एमाले कुन रुपमा प्रस्तुत हुन्छ’ भनी सोधिएको प्रश्नमा उनको सङ्क्षिप्त जवाफ थियो, ‘जिम्मेवार रुपमा प्रस्तुत हुन्छ ।’

यसैगरी, पत्रकारसँग कुरा गर्दै निवर्तमान उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ओली नेतृत्वको सरकार सफल रहेको दावी गरेका छन् ।
उनले कठिन र चुनौतीपूर्ण घडीमा प्रधानमन्त्री पदमा निर्वाचित भएका प्रचण्डलाई बधाई समेत दिए ।

संयुक्त मधेसी मोर्चासँग संविधान संशोधनका विषयमा सहमति भएको प्रसङ्गमाथि टिप्पणी गर्दै उनले आफ्नो दलको पनि संविधानमा असहमति रहे पनि बहुमतले पारित गरेपछि मानेर अघि बढेको स्पष्ट पारे ।

मधेस आन्दोलनका क्रममा मृतकलाई सहिद घोषणालगायतका विषय यसअघिको सरकारले पनि टुङ्गो लगाउन खोजेको पनि उनले उल्लेख गरे । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.