सेयरमा किन यति धेरै उत्साह

सेयरमा किन यति धेरै उत्साह

काठमाडौंः तनहुँकी मनीता घिमिरेले सेयर बजारको भित्री पाटो उतिसाह्रो बुझेकी छैनन् । तर उनलाई विश्वास छ, आईपीओमा गरेको लगानी हत्तपत्त घाटामा जाँदैन । विगतमा पनि केही हाइड्रोपावर कम्पनी र माइक्रोफाइनान्समा उनले आईपीओ भरिसकेकी छन् । ती कम्पनीबाट अहिले उनले राम्रै प्रतिफल पनि पाएकी छन् । ‘सेयर पर्नै गाह्रो हुन्छ, पर्‍यो भने त फाइदा भइहाल्छ नि,' स्नातक तहमा अध्ययनरत उनी भन्दै थिइन् ।

राजधानीको एक ट्रेडिङ कम्पनीमा काम गर्ने गोरखाका ज्ञानेन्द्र रेग्मी पनि सकेसम्म आईपीओ भर्न छुटाउँदैनन् । जागिरबाट जेनतेन घर खर्च चल्छ तर बचत खासै हुँदैन । प्राइभेट कम्पनीको जागिर भएकाले पेन्सन पाउने अवस्था छैन । आईपीओ पार्न सके त्यसबाट भविष्यमा पेनसन बराबरकै लाभ लिन सकिन्छ भन्ने उनलाई लागेको छ । नेसनल माइक्रोफाइनान्सकै सेयर भर्न लाइनमा उभिएका उनले भने, ‘आफ्नो त पेन्सन भनेकै सेयर हो ।'

मनीता र ज्ञानेन्द्र त प्रतिनिधि पात्रमात्र हुन् । उनीहरू जस्ता हजारौं युवायुवती कुनै कम्पनीले सेयर बिक्री खुला गर्‍यो कि भर्न पुगिहाल्छन् । अहिलेसम्म कमाइ राम्रै भएकाले धेरैको आकर्षण बढेको हो । त्यसो त आईपीओमा गरेको लगानीबाट हत्तपत्त नोक्सान पनि हुँदैन । अझ सेयरको दोस्रो बजारमा चुलिएका बेला त्यसबाट मनग्ये लाभ लिन सकिने भएकाले अरूको देखासिकी गरेर सेयर भर्न जाने पनि थुप्रै हुने गरेका छन् ।

त्यसो त पछिल्लो समय बजारमा आईपीओ जारी गरेका कम्पनीमा औसतमा एक सय गुणा रकमको सेयर आवेदन परेको छ । खानीखोला हाइड्रोपावर, मेरो माइक्रो फाइनान्स, ङादी हाइड्रोपावर, नेसनल माइक्रोफाइनान्स यसका उदाहरण हुन् । नेसनलमा तीन दिनमा पाँच अर्बभन्दा बढीको सेयर आवेदन परिसकेको छ । बुधबारको यकिन विवरण आउनै बाँकी छ । यो सेयरमा १० अर्ब रुपैयाँभन्दा बढीको आवेदन पर्ने अनुमान गरिएको छ । वाणिज्य बैंकहरूले समेत करोडौं लगानी गरेको बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल मार्केटको भनाइ छ ।

पछिल्लो समय हामीकहाँ सेयरसम्बन्धी चेतना अलि बढेको छ । व्यवस्थापन तहमा सेयरका बारेमा धेरथोर अध्ययनअध्यापन हुन्छ । सञ्चारमाध्यमले पनि सेयर बजारका खबरलाई प्राथमिकता दिन थालेका छन् । यसबाहेक सेयरसम्बन्धी पुस्तकपत्रिका पनि प्रकाशन हुँदा सर्वसाधारणमा साक्षरता बढेको छ । यसले पनि बजारमा लगानीकर्ताको संख्या बढाउन सहयोग पुर्‍याएको हो ।

गोरखाका ज्ञानेन्द्र रेग्मीले भनेझै जागिरे वा सानो पेसाव्यवसाय गरेर बसेकाहरूको अतिरिक्त कमाइको आधारसमेत सेयर बजार भएको छ । यसले पनि धेरैलाई आकर्षित गरेको अनुमान गँदैछ । दोस्रो बजारमा सेयरको भाउ बढेकाले यसबाट निकै फाइदा हुन्छ भन्ने सन्देश सर्वसाधारणमा प्रवाहित भइरहेकाले आईपीओमा सय गुणा बढी आवेदन परेको बजारका विश्लेषकको ठम्याईं छ । यसबाहेक विद्यार्थी र गृहिणीलाई समेत सामान्य आयआर्जनको माध्यम सेयर बजार भएको छ । दोस्रो बजारमा जोखिम लिन नसक्नेले प्राथमिक बजार रोज्ने विश्वव्यापी प्रचलन हो । हामीकहाँ पनि त्यही भएको हो ।


आईपीओमा गरेको लगानीबाट हत्तपत्त नोक्सान पनि हुँदैन । अझ सेयरको दोस्रो बजारमा चुलिएका बेला त्यसबाट मनग्ये लाभ लिन सकिने भएकाले अरूको देखासिकी गरेर सेयर भर्न जाने पनि थुप्रै हुने गरेका छन् ।

सेयरलाई मनोविज्ञानको बजारका रूपमा समेत चिनिन्छ । दोस्रो बजारमा गिरावट आएका बेला आइपीओमा पनि आकर्षण घट्छ भने दोस्रो बजार माथि गएका बेला आईपीओमा अधिक आकर्षण हुने गर्छ । आईपीओमा यतिबेला मागको तुलनामा सयौं गुणा बढी आवेदन पर्नुमा बजारमा बैंकमा अधिक तरलता हुनु प्रमुख कारण हो । सानामात्र होइन, दोस्रो बजारमा करोडौं रुपैयाँका कारोबारीसमेत आईपीओमा ठूलो लगानी गरिरहेका छन् । किन भने उनीहरूलाई बैंक तथा वित्तीय संस्थाले यतिबेला निकै सस्तो ब्याजदरमा ऋण दिइरहेको छ ।

बैंकबाट सस्तो ब्याजदरमा ऋण लिएर गरेको लगानीले आईपीओमा मनग्ये आम्दानी हुने अवस्था छ । बैंकको पैसा सस्तोमा चलाउन पाउँदा पनि सेयरमा धेरै गुणा रकम आवेदन परेको हो ।

सेयर बजारको उत्साहमा मुलुकको अर्थतन्त्र र राजनीतिले पनि प्रभावित पार्छ । हाम्रो अर्थतन्त्रको अवस्था हेर्ने हो भने बजारमा बढेको आकर्षणसँग अलिबेमेल देखिन्छ । आर्थिक वृद्धिदर एक प्रतिशतभन्दा तल रहेको अवस्थामा बजारमा हौसिन हुँदैन भन्नेहरू पनि पर्याप्त छन् । आईपीओमा गरिएको लगानीको पनि दोस्रो बजारबाटै कारोबार गर्नुपर्ने भएकाले बजार घट्दा त्यसको असर प्रत्यक्षरूपमा देखापर्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.