तीन अर्ब ५७ करोडको कृषिजन्य वस्तु बिक्री

तीन अर्ब ५७ करोडको कृषिजन्य वस्तु बिक्री

धनकुटाः धनकुटाबाट तीन अर्ब २३ करोड ५६ लाख रुपैयाँ बराबरको कृषिजन्य वस्तु जिल्ला बाहिर बिक्री भएको छ । कृषि विकास कार्यालय धनकुटाले तयार पारेको आर्थिक वर्ष २०७/७३ को वार्षिक तथ्यांकअनुसार जिल्लाबाट अदुवा, अलैंची, गोलभेंडा, बन्दा, आलु , सुन्तला अकवरे खुर्सानी, काउली, अदुवा, अलैंची, सुन्तलालगायतका कृषिजन्य वस्तु जिल्ला बाहिर र विदेशमा निकासी भएको हो ।

कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७१/७२ मा जिल्लाबाट दुई अर्ब ३९ करोड ७९ लाख रुपैयाँ बराबरको कृषिजन्य वस्तु बिक्री भएको थियो ।
धनकुटामा हिउँदे र वर्षे गरी आठ हजार आठ सय ३० हेक्टर क्षेत्रफल जमिनमा व्यावसायिक कृषिजन्य वस्तुको खेती हुने गरेको छ ।

यसमध्ये गतआवमा एक लाख ६८ हजार नौ सय ७५ मेक्ट्रिक टन कृषि जन्य वस्तु उत्पापदन भएको कृषि विकास कार्यालय धनकुटाका प्राविधिक सहायक टंक अधिकारीले बताए । उनका अनुसार गत आवमा उत्पादन भएको कृषिजन्य वस्तु मध्य एक लाख २९ हजार चार सय ८६ मेट्रिकन टन जिल्ला बाहिर बिक्री भएको थियो । कुल उत्पादनको ७९.६३ प्रतिशत निकासी कृषिजन्य वस्तु निकासी हुने गरेको छ भने २३.३६ प्रतिशत कृषि जन्य वस्तु जिल्लामा नै खपत हुने गरेको छ ।

गत आवमा ८९ करोड ८ लाख ८० हजार रुपैयाँ बराबरको हिउँदे र बर्खे गरी आलु बिक्री भएको छ । यस्तै ८४ करोड १९ लाखको गोलभेंडा, ३३ करोड ९५ लाखको बन्दा कोभी, १९ करोड ५० लाखको काउली, मूला चार करोड ९५ लाख, रायो साग चार करोड ४७ लाख, मटरकोसा करोड नौ लाख, घिउ सिमि चार करोड ४६ लाख, अकबरे खोर्सानी ७० लाख, अन्य पिरो खोर्सानी एक करोड ३० र सजिवन १६ लाख ५० हजार रुपैयाँ बराबरको बिक्री भएको छ ।


यस्तै फलफूल बालीअन्र्तगत सुन्तला १९ करोड ८० लाख, नास्पाती एक करोड ५० लाख, आँप चार करोड ४० लाख, सरिफा १२ लाख ५० हजार, लिचि एक करोड र अन्य फलफूल दुई करोड ५० लाख रुपैयाँ बराबरको बिक्री भएको कार्यालयको तथ्यांकमा छ ।

यस्तै मसलाबाली अन्र्तगत गत आवमा २६ करोड १० लाखको अलैंची र १४ करोड ६३ लाख ६० हजारको अदुवा गरी ४० करोड ७३ लाख ६० हजार रुपैयाँ बराबरको निकासी भएको थियो ।

जिल्लाको विभिन्न क्षेत्रमा चार दर्जनभन्दा कृषि उपज संकलन केन्द्र सञ्चालनमा छन् । सञ्चालनमा रहेका ती केन्द्रमा कृषिजन्य वस्तु संकलन भई पूर्वी तराईका विभिन्न बजार, छिमेकी देश भारतको सीमावर्ती बजार हुँदै तेस्रो देश बंगलादेशसम्म निकासी हुने प्राविधिक सहायक अधिकारीले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.