प्रधानमन्त्री प्रचण्डले ३ बजे सपथ लिने
काडमाडौं: नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार पद तथा गोपनियताको सपथ लिदैछन् ।
दिउँसो तीन बजे राष्ट्रपति भवन शितलनिवासमा आयोजित एक विशेष समारोहका बीच प्रचण्डले प्रधानमन्त्रीका लागि पद तथा गोपनियताको सपथ ग्रहण लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
पद तथा गोपनियताको सपथ ग्रहणपछि प्रचण्डले बिहीबार नै सिंहदरबार पुगेर कार्यभार सम्हाल्नेछन् ।
प्रचण्डले सानो आकारको मन्त्रिमण्डल पनि आजै बनाउने तयारी गरेका छन् ।
प्रचण्ड बुधबार व्यवस्थापिका संसदबाट नेपालको ३९ औं प्रधानमन्त्री निर्वाचित भए । तीन सय ६३ मत ल्याएका प्रचण्डको विपक्षमा भने दुई सय १० मत परेको थियो ।