सानो आकारको मन्त्रीमण्डलसहित प्रचण्ड शपथ लिने तयारीमा

सानो आकारको मन्त्रीमण्डलसहित प्रचण्ड शपथ लिने तयारीमा

काठमाडौं : नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै बिहीबार कांग्रेस र माओवादी केन्द्रबाट केही मन्त्रीहरुले शपथ लिने तयारी भइरहेको छ।

माओवादी केन्द्र बाट तीनजना र कांग्रेसबाट पनि तीनजनाले मन्त्रीको शपथ लिने संभावना छ। प्रचण्ड निवासमा माओवादी केन्द्रको बिहान बसेको पार्टी हेडक्वाटरको बैठकले तीन जनालाई बिहीबार सपथ गराउने निर्णय गरेको हो ।

अर्थमन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्रीमा कृष्णबहादुर महराको नाम लगभग निश्चित भएको छ। त्यसैगरी हितराज पाण्डे, राम कार्की, प्रभु शाह, जनार्दन शर्मामध्येबाट दुईजनाले बिहीबार नै शपथ लिनेछन्।

त्यसैगरी कांग्रेसबाट उपप्रधान तथा गृहमा विमलेन्द्र निधिसहित तीनजनालाई पहिलो चरणमा पठाउने तयारी छ। तर कसलाई पठाउने भन्नेमा बिहीबार बिहानसम्म पनि विवाद देखिएको छ। आजै शपथ लिन जानेमा कांग्रेसबाट रमेश लेखक, शेखर कोइराला, गोपालमान श्रेष्ठ, अर्जनुनरसिंह केसीको संभावना पनि बढी छ।

सरकारमा सहभागी हुने मन्त्रीको नामावलीलाई दुवै पार्टीले बिहीबार बिहानसम्म पनि टुंग्याउन सकेको छैन। मन्त्रालयहरुको भागबन्डा मिलाउन पनि दुवै पक्षका नेताहरु बिहीबार बिहानदेखि छलफलमा छन्। आन्तरिक बैठक तथा छलफलबाट मन्त्रीको टुंगो नलागे प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले नै नाम छनोट गरेर शपथग्रहणमा जाने तयारी छ।

कांग्रेस माओवादीको गठबन्धनमा नेपाली कांग्रेसले १३ र माओवादीले ९ र ६ मन्त्रालय राप्रपालगायतका साना दललाई दिने सहमति भएको छ ।कांग्रेसको भागमा गृहसहित रक्षा, परराष्ट्र, भौतिक योजना, पर्यटन मन्त्रालय छन् भने माओवादीको भागमा अर्थ, सञ्चार, ऊर्जा, शान्ति तथा पुनःनिर्माण, कृषि मन्त्रालय रहेका छन्। स्थानीय विकास, शिक्षा, कानुन र सामान्य प्रशासन मन्त्रालयमा दुवै पक्षले दाबी गरेकोले अझै कुरा मिल्न सकेको छैन।

माओवादी केन्द्रले मन्त्री छनोट तथा नामावलीका लागि दिउँसो एक बजे कार्य समितिको बैठक बोलाएको छ। कार्यसमितिले सरकारमा जाने मन्त्रीहरुको नामावलीलाई अन्तिम रुप दिनेछ।

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो तीन बजे पद तथा गोपनियताको सपथ खाएपछि त्यही समारोहमा नयाँ मन्त्रीहरुलाई पनि पद तथा गोपनिताको सपथ खुवाउने कार्यक्रम छ । प्रधानमन्त्री र केही मन्त्रीहरुले बिहीबार नै पदवहाली गर्नेछन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.