प्रधानमन्त्री प्रचण्डको बिहीबारको व्यस्तता
काठमाडौँः नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ ग्रहणपछि सहिद स्तम्भ लैनचौरमा माल्यार्पण गर्ने भएका छन् ।
त्यसलगत्तै, पुष्पलाल स्मृति पार्क चम्पपादेवीमा पुगेर माल्यार्पण गरेर पार्टी मुख्यालय सहिद तथा बेपत्ता योद्धाको स्तम्भमा माल्यार्पण गर्ने छन् । पार्टी कार्यालयमा प्रचण्डलाई शुभकामनाका लागि समेत समय छुट्याइएको छ ।
पार्टी कार्यालयको कार्यक्रम सकेर मात्र प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर बदबहाली गर्ने उनको निजी सचिवालयले जनाएको छ ।