लोकगीतमा निरन्तर

लोकगीतमा निरन्तर

काठमाडौंः लोकगीतलाई लोकप्रिय बनाउने गरी गाउने कलाकारको पंक्तिमा दुर्गा गुरुङ एक प्रतिनिधि पात्र हुन् । स्याङ्जा माझकोटमा जन्मेर राजदरबारका मेहफिलहरूमा समेत स–पारि श्रमिक गाएकी दुर्गा नृत्यमा पनि पारंगत छिन् । पोखरामा दोहोरी साँझ सञ्चालनमा ल्याई लोकगीतको सेवा गरिरहेकी गुरुङले राजदरबारमा बिताएका नौ वर्ष जीवनकै अविस्मरणीय रहेको सुनाइन् । सोरठी र घाटुजस्ता पश्चिम पहाडका मौलिक नृत्यमा उनी पारंगत भएको बताइन् ।

रेडियो नेपालबाट ०५३ सालमै स्वरपरीक्षा उत्तीर्ण गरे पनि बुटवलमा भएको पहिलो राष्ट्रिय दोहोरी प्रतियोगिता–२०५१ मा प्रथम भएर उनी गायनमा छिरेकी हुन् । प्रतियोगितामा मीरा राणा, माया गुरुङ, शान्ति गुरुङ, बालुमाया पुनलगायतको प्रतियोगी टिम रहेको उनले सुनाइन् । ‘ श्रीखण्ड चन्दन, लाको माया, छोडेर जाउँ भनी परियो बन्धनमा' बोलको गीत उनको पहिलो व्यावसायिक गीत हो । उनले गुरुङ समुदायको पहिलो चलचित्र ‘पाते'मा समेत स्वर दिएकी छन् ।
‘विद्यालयमा हुने विभिन्न दोहोरी गीत प्रतियोगितामा सहभागी हुन्थेँ', विगत सम्झिँदै उनले भनिन्, ‘कहिल्यै दोस्रो हुन जानिनँ, यो क्षेत्रमा दुर्गा गुरुङ भनेर आफूलाई चिनाउन सकेकी छु ।' अहिलेसम्म उनले ‘यो दाजुको मिर्मिरे आँखा'देखि आधुनिक, तीज गीत, लोक, लोकदोहोरी गरी करिब तीन हजारभन्दा बढी गीत गाइसकेकी छन् । गायनकै सिलसिलामा उनले विश्वका एक दर्जनभन्दा बढी देश घुमिसकेकी छन् ।

उनको ‘स्याङ्जा डाँडा घुम्तीमा पहिरो छ, माया गहिरो छ', ‘देउराली भञ्ज्याङ सालैज्यू', ‘भेट भयो कोहलपुरैमा'जस्ता गीत चर्चित छन् । रेडियो नेपालबाट २०५८ तिर धेरै गीत बज्ने गरेको दुर्गाले बताइन् । उनले स्याङ्जा डाँडा वन, डम्फु मादल, श्रीपूmल, माइतीको सम्झना, चेलीको वेदना, देउराली भञ्ज्याङ, रुमाल बैना छ, मनकी रानीजस्ता तीन दर्जन एल्बम बजारमा ल्याइसकेकी छन् ।

लोकदोहोरीको क्षेत्रमा प्रथम भीसीडीसमेत बजारमा ल्याएको उनको दावी छ । दोहोरी क्षेत्रमा प्रथम भीसीडी बजारमा आएपछि आफ्नो करिअरले नयाँ मोड लिएको उनले बताइन् । विदेश यात्राकै क्रममा दुर्गाले २०५३ मा ‘पुकार दोहोरी साँझ' यूएईको दुबईमा उद्घाटन गरेकी रहिछन् । नेपाली रोधिघर २००६ उनले नै हङकङमा उद्घाटन गरेको सुनाइन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.