प्रचण्ड प्रधानमन्त्री भएलगत्तै वैद्य माओवादी आन्दोलनमा
काठमाडौँः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए लगत्तै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आन्दोलनको घोषणा गरेको छ ।
तीनदिनसम्म बसेको क्रान्तिकारी माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय स्वाधिनताका विषयमा देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।
बैठकपछि मोहन वैद्यले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वाधीनता र अपर कर्णालीलगायत जनलविद्युत परियोजनाबारे व्यवस्थित रुपमा संघर्षलाई विकसित गर्ने र भाद्र २४ गते देशब्यापी विरोध प्रदर्शन गर्ने ।’
क्रान्तिकारी माओवादीले सुकुम्बासी समस्याबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र भाद्र १५ गते जिल्लामा विरोध प्रदर्शन गर्ने, भ्रष्टाचार, महंगी, कालोबजारीको विरोधमा कार्यक्रम गर्ने तयारी गरेको छ ।
यसबाहेक, क्रान्तिकारी माओवादीले संघीय पुनसंरचनामा पुरानै राज्यत्ताको संरक्षण गरेकोप्रति समेत असन्तुष्टि जनाएको छ ।