आजै सपथ ग्रहण गर्ने यी हुन् कांग्रेसका मन्त्री

आजै सपथ ग्रहण गर्ने यी हुन् कांग्रेसका  मन्त्री

काठमाडौँ :माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने कांग्रेसका तीन मन्त्रीको नाम टुंगो लागेको छ ।

प्रमुख सत्ता साझेदार कांग्रेसले बिमलेन्द्र निधिको नेतृत्वमा तीन जनालाई पठाउने निर्णय गरेको छ । बिहीबार बिहान बसेको कांग्रेसका नेताहरुको बैठकले तीन मन्त्रीको नाम टुंगो लगाएको हो ।

मन्त्रीका आकांक्षीको संख्या ठूलो भए पनि कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा तीन मन्त्रीको नाम टुंगो लगाएका हुन्। कांग्रेसको तर्फबाट सरकारको नेतृत्व उपप्रधान तथा गृहमन्त्रीको रुपमा बिमलेन्द्र निधिले गर्नेछन् भने अर्जुनरसिंह केसी र रमेश लेखकले बिहीबार नै शपथ लिनेछन् ।

केसी र लेखकले पनि महत्वपूर्ण मन्त्रालय समाल्नेछन्। त्यसैगरी परराष्ट्रमन्त्रीका रुपमा चर्चामा आएका शेखर कोइरालाको नाम पनि पहिलो चरणमा पर्ने संभावना रहेको एक कांग्रेस नेताले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.