यस्तो बन्यो प्रचण्ड नेतृत्वको नयाँ मन्त्रिमण्डल

यस्तो बन्यो प्रचण्ड नेतृत्वको नयाँ मन्त्रिमण्डल

काठमाडौँ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो चरणको मन्त्रिमरिषदमा कांग्रेस र माओवादीका तीनतीन जना मन्त्रीको नाम टुंगो लागेको छ ।

कांग्रेसले बिमलेन्द्र निधिको नेतृत्वमा अर्जुनरसिंह केसी र रमेश लेखकलाई मन्त्री बनाउने भएको छ । निधिले गृहसहित उपप्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् भने सिंह र लेखकले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन् ।

कांग्रेसका तिनैजना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आजै पद तथा गोपनियताको सपथ लिने छन् ।

यी हुन् माओवादीका मन्त्री

प्रधानमन्त्री प्रचण्डसहित आजै माओवादीका चार मन्त्रीले पद तथा गोपनियताको सपथ लिने छन् । कृष्णबहादुर महराले अर्थमन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ लिने छन् भने कृषि मन्त्रीको रुपमा गौरी शंकर थारुले सपथ ग्रहण गर्ने छन् भने युवा तथा खेलकुद मन्त्रीको रुपमा दलजीत श्रीपालीले पद तथा गोपनियताको सपथ लिने छन् । अन्नपूर्णसँग कुरा गर्दै माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘अन्य मन्त्रालयको विषयमा आगामी दिनमा छलफल गर्ने गरी आज तीन मन्त्रीको नाम टुंगो लागेको हो ।’

प्रचण्ड नेतृत्वको सरकारलाई अन्य साना १६ दलले समर्थन गरेका भए पनि पहिलो चरणको मन्त्रिपरिषद्मा साना दलबाट कोही पनि मन्त्री नबन्ने भएका छन् ।

दोस्रो चरणको मन्त्रिपरिषद् विस्तारमा अन्य साना दलका नेतालाई समेत समेटेर लाने सहमति कांग्रेस र माओवादीले गरेका छन् । प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले १३ र माओवादीले ८ मन्त्रालयको भागबण्डा मिलाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.