शीतलनिवासमा प्रधानमन्त्रीसहित सात मन्त्रीको सपथ

शीतलनिवासमा प्रधानमन्त्रीसहित सात मन्त्रीको सपथ

काठमाडौँ: नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सात मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिदै छन् ।

शीतल निवासमा आयोजित विशेष समारहेमा प्रधानमन्त्री प्रचण्डसहितका कांग्रेस र माओवादीका तीनतीन मन्त्रीले पद तथा गोपनियताको सपथमा सहभागी भएका छन् ।

कांग्रेसको तर्फबाट उपप्रधानसहित गृहमन्त्रीको रुपमा बिमलेन्द्र निधिले पद तथा गोपनियताको सपथ लिदै छन् भने अर्जुननरसिंह केसी र रमेश लेखकले मन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् ।

माओवादीको तर्फबाट भने उपप्रधानसहित अर्थमन्त्रीको रुपमा कृष्णबहादुर महरा र कृषि मन्त्रीको रुपमा गौरीशंकर थारुले सपथ ग्रहण गर्ने छन् भने युवा तथा खेलकुद मन्त्रीको रुपमा दलजीत श्रीपालीले पद तथा गोपनियताको सपथ लिँदैछन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.