प्रधानमन्त्री प्रचण्डसँगै ६ मन्त्रीले सपथ लिए

प्रधानमन्त्री प्रचण्डसँगै  ६ मन्त्रीले सपथ लिए

काठमाडौँ : नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ६ मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्।

शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनियताको शपथ लिएका हुन्। प्रधानमन्त्रीको शपथपछि दुई उपप्रधानमन्त्री बिमलेन्द्र निधि र कृष्णबहादुर महराले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्। तीनजना मन्त्रीहरु रमेश लेखक, गौरी शंकर थारु र दलजीत श्रीपाइलीले पनि बिहीबार अपरान्ह नै पद तथा गोपनियताको लिएका छन्।

कांग्रेस र माओवादीका तीन–तीन मन्त्री पद तथा गोपनीयताको सपथ लिन जाने सहमति गरेका भए पनि अन्तिममा अर्जुननरसिंह केसी सपथ ग्रहण समारोहमा सहभागी भएनन् ।केसी सहभागी नहुँदा कांग्रेसको तर्फबाट निधि र लेखकले मात्र मन्त्री पदको सपथ लिएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.