अर्जुननरसिंह केसी मन्त्री पदको सपथ लिन किन गएनन् ?

अर्जुननरसिंह केसी मन्त्री पदको सपथ लिन किन गएनन् ?

काठमाडौँः कांग्रेसको छलफलमा मन्त्री बन्न तयार भएका नेता अर्जुननरसिंह केसी अन्तिम समयमा मन्त्रीपदको सपथ समारोहमा उपस्थित भएनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी बिमलेन्द्र निधिलाई दिएपछि अन्तिम समयमा असन्तुष्टि व्यक्त गर्दै केसी पद तथा गोपनियताको सपथ समारोहमा नगएका हुन् ।

देउवाले रक्षा वा स्वास्थ्य मध्ये एक मन्त्रालय रोज्न आग्रह गरे पनि केसीले उपप्रधान तथा गृह नपाएसम्म सरकारमा नजाने अडान लिएको उनका सहयोगीले बताए ।

केसीले प्रचण्ड नेतृत्वको सरकारमा जानका लागि पार्टीभित्र आफूले नेतृत्व गर्न पाउनुपर्ने अडान लिँदै आएका थिए । बिहीबार बिहान भने मन्त्री बन्न मात्र पनि तयार भएका केसी अन्तिम समयमा गृह नपाए नजाने भन्दै सपथ समारोहमा उपस्थित भएनन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.