प्रधानमन्त्री प्रचण्डलाई अमेरिकाको बधाई

प्रधानमन्त्री प्रचण्डलाई अमेरिकाको बधाई

काठमाडौँः संयुक्त राज्य अमेरिकाले नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएको छ ।

यहाँस्थित अमेरिकी राजदूतावासले बिहीबार विज्ञप्ति प्रकाशन गरी हालैका दिनमा शान्तिपूर्ण प्रक्रियाबाट सरकार परिवर्तन भएबाट नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता पुष्टि भएको जनाएको छ।

दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘संविधान कार्यान्वयन, पुनःनिर्माण र आर्थिक विकासका महत्वपूर्ण कार्य सम्पन्न गर्नका लागि अझ लोकतान्त्रिक, समृद्ध र स्थिर राष्ट्र निर्माणमा संयुक्त राज्य अमेरिका नेपाली जनता र नेपाल सरकारसँग साझेदारी गर्न चाहन्छ ।’ रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.