प्रचण्ड नेतृत्वको सरकारले पहिलो निर्णय यस्तो छ

प्रचण्ड नेतृत्वको सरकारले पहिलो निर्णय यस्तो छ

काठमाडौँ : सरकारले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका र बेपत्ता भएका नागरिकलाई राहत दिन पूर्ववर्ती सरकारले गरेको निर्णय कार्यान्वयन गर्ने भएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सहिद, बेपत्ता तथा घाइते योद्धाका पक्षका गरेको निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

यस्तै, हालैको बाढी पहिरोमा परी ज्यान गुमाएका नागरिकलाई रु एक लाख राहत प्रदान गर्ने निर्णयसमेत आजको मन्त्रिपरिषद्को बैठकले गरेको उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए।

मन्त्रिपरिषद्ले गत सालको ‘गोरखा भूकम्प’ र बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

नयाँ सरकार गठन गर्न सहयोग गर्ने व्यवस्थापिका–संसद्, राजनीतिक दल, सांसद्लाई धन्यवादसमेत ज्ञापन गरेको छ । जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायत विभिन्न आन्दोलनमा ज्याउन गुमाउने सहिदप्रति श्रद्धाञ्जलिसमेत व्यक्त गरिएको उपप्रधानमनत्री महराले जानकारी दिए।

सरकारका प्रवक्ता महरा
तत्कालका लागि सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधानमन्त्री महरालाई तोकिएको छ । यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका प्रधानमन्त्री लि खछ्याङ र अमेरिकी सरकारका तर्फबाट शुभकामना सन्देशसमेत प्राप्त भएको उहाँले जानकारी दिए।

यस्तै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री दाहाललाई भारत भ्रमणको लागि निम्तो दिनुभएको पत्रसमेत प्राप्त भएको जानकारी महराले दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.