आतंकवादविरुद्ध सहकार्य गरिने

आतंकवादविरुद्ध सहकार्य गरिने

इस्लामाबादः पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले पाकिस्तान आतंकवाद, भ्रष्टाचार र संगठित अपराधका विरुद्ध संघर्ष गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सार्कका गृहमन्त्रीहरूको सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले पाकिस्तानका आदिवासी क्षेत्रमा आतंकवादविरोधी अभियान र राष्ट्रिय कार्ययोजना सुरु गरेको पनि दाबी गरे । आफ्नो सरकारले पाकिस्तानी भूमिमा कुनै पनि खालका आतंकवादलाई नियन्त्रण गर्ने वचनबद्धता व्यक्त गरे ।

सरिफले भने, ‘सार्क क्षेत्र मानव र प्राकृतिक संसाधनको विशाल भण्डार हो । यस क्षेत्रमा शान्ति र खुसीका लागि सार्कलाई उपयोग गर्नुपर्छ ।' आफ्नो सरकारले क्षेत्रीय शान्ति र छिमेकमा पनि शान्ति कायम भएको हेर्न चाहेको बताएका छन् ।

पाकिस्तानले सार्कले राखेका लक्ष्य र विचारलाई गति दिन गरिने हरेक कदमलाई समर्थन र सहयोग गरेको सरिफले बताए । सरिफले सार्क देशबीच प्रगति र खुसीका लागि आपसी सम्पर्कमा जोड दिनुपर्ने बताएका छन् । सार्क क्षेत्रमा सडक, हवाई र रेल सञ्जाल जोडिनु जरुरी रहेको खुलासा गरेका छन् । सार्क घोषणापत्रमा उल्लिखित उद्देश्य र लक्ष्य हासल गर्नु सार्ककै सामूहिक जिम्मेवारी भएको भन्दै यसतर्फ सजग हुन आह्वान पनि गरे ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै सार्कका महासचिव अर्जुनबहादुर थापाले आतंकवाद, मादक पदार्थ, साइबर अपराध र अन्य अन्तर्राष्ट्रिय अपराधबाट बच्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए । उक्त बैठक विगतका बैठकमा गरिएका कार्यको समीक्षा गरिएको छ । सार्कमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, मालद्वीव, नेपाल, पाकिस्तान र श्रीलंका सहभागी छन् ।

३० करोड अमेरिकी डलर सहयोग रोक्का

वसिङटनः अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पाकिस्तानलाई प्रदान गरिने ३० करोड अमेरिकी डलर सैन्य सहयोग रोक्का गरेको छ । पाकिस्तानले आतंकवादी संगठन हक्कानी सञ्जालविरुद्ध कारबाही नगरेको भन्दै अमेरिकी रक्षामन्त्री एस्टन कार्टरले यस्तो जानकारी दिएका हुन् । अफगानिस्तानमा कार्यरत अमेरिकी सेनाको अभियानलाई सहयोग गरेबापत उक्त रकम पाक सेनालाई प्रदान गरिँदै आएको थियो ।

पेन्टागनका प्रवक्ता एडम स्टम्पले भने, ‘यसपटक बार पाकिस्तान सरकारलाई ३० करोड डलर दिइने छैन । रक्षामन्त्रीले पाकिस्तानले अमेरिकी सहयोगको भावनाअनुसार काम भएको पुष्टि गरेका छैनन् ।' पाकिस्तानका लागि यो आर्थिक वर्षमा १ अर्ब डलर रकम प्रदान गरिने घोषणा गरिएको थियो । हालसम्म ७० करोड डलर पाकिस्तानलाई उपलब्ध गराइसकिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.