पर्साले पाएको अनुदानको मल सर्लाहीबाट बरामद

पर्साले पाएको अनुदानको मल सर्लाहीबाट बरामद

वीरगन्जः किसानलाई अनुदानमा वितरण गर्न सहकारी संस्थालाई सरकारले उपलब्ध गराएको रासायनिक मल कालोबजारी गरेको फेला परेपछि प्रहरीले बरामद गरेको छ ।पर्सा जिल्लाका किसानका लागि सरकारले अनुदानमा उपलब्ध गराएको एक ट्रक रासायनिक मल पर्साको सहकारी संस्थाले सर्लाहीमा लगेर बिक्री गर्न थालेको भेटिएपछि प्रहरीले बरामद गरेको हो ।

सर्लाहीको हरिपुरवा गाविस वडा नम्बर ४ पुरानो बजारबाट सरकारी अनुदानको एक ट्रक (तीन सय ३० बोरा) युरिया मल प्रहरीले बुधबार साँझ बरामद गरेको हो । प्रहरीले मल लोड भएको ना४ख ८८७५ नम्बरको ट्रक र चालक सर्लाहीको ढुंग्रेखोलाका कुमार लामालाइ पनि नियन्त्रणमा लिएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले हरपुरवाबाट बरामद गरेको मलसहितको ट्रक र पक्राउ परेका चालक लामालाइ आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाएको छ ।

वीरगन्जमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडबाट पर्साको चोर्नी गाविस वडा नम्बर ८ मा रहेको बालाजी कृषि सहकारी संस्थाले खरिद गरेको तीन सय ३० बोरा सरकारी अनुदानको मल कालोबजारी गरेको फेला परेपछि प्रहरीले बरामद गरेको हो ।

चोर्नीको बालाजी कृषि सहकारी संस्थाले सरकारी अनुदानको मल साउन १७ गते सर्लाहीको हरिपुरवा गाविसमा रहेको कमलामाई कृषि सहकारी संस्थालाई बिक्री गरेको थियो । उक्त तीन सय ३० बोरा युरिया मल कमलामाई सहकारी संस्थाले ना४ख ८८७५ नम्बरको ट्रकमा लोड गरी वीरगन्जबाट सर्लाहीको हरिपुरवा गाविसमा लगेको सूचना पाएपछि प्रहरीले बुधबार बरामद गरी पर्सा प्रहरीलाइ जिम्मा लगाएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।

सरकारी अनुदानको मल कालोबजारी गर्ने बालाजी कृषि सहकारी संस्थाका अध्यक्ष शरण कोइरीलाई पनि बिहीबार चोर्नीबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । पर्साका किसानलाई अनुदानमा वितरण गर्न कृषि सामग्री कम्पनीले उपलब्ध गराएको मल अन्य जिल्लामा बिक्रीवितरण गर्न नपाउने कानुनी व्यवस्था उल्लंघन गरेका बालाजी सहकारीका अध्यक्ष कोइरीलाई नियन्त्रणमा लिइएको र उनीविरुद्ध कालो बजारी ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

पर्साको चोर्नीस्थित बालाजी कृषि सहकारी संस्थाले सरकारी अनुदानको मल साउन १७ गते सर्लाहीको हरिपुरवा गाविसमा रहेको कमलामाई कृषि सहकारी संस्थालाई बिक्री गरेको थियो ।

बालाजी कृषि सहकारी संस्थालाई कृषि सामग्री कम्पनीको क्षेत्रीय कार्यालय वीरगन्जले गत आर्थिक वर्षमा एक सय नौ मेट्रिक टन युरिया, २८ मेट्रिक टन डीएपी र १२ मेट्रिक टन पोटास मल उपलब्ध गराएको थियो । यस्तै चालू आर्थिक वर्षको साउन १ देखि १९ गतेसम्ममा पनि बालाजी कृषि सहकारी संस्थालाई ४४ मेट्रिक टन अर्थात् आठ सय ८० बोरा युरिया मल उपलब्ध गराइएको कृषि सामग्री कम्पनीको क्षेत्रीय कार्यालयका प्रमुख राजेन्द्रबहादुर कार्कीले बताए ।

पर्साका किसानका लागि निकासा भएको मल अन्य जिल्लामा बिक्रीवितरण गर्न नपाइने भन्दै कार्कीले सरकारी अनुदानको मल कालोबजारी गर्ने सहकारी संस्थाको दर्तासमेत खारेज हुने कानुनी व्यवस्था रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.