जलकुम्भीले ढाक्यो सुन्दर फेवाताल
पोखराः पर्यटकीय आकर्षणको फेवाताल जलकुम्भीले झारले ढाकेको छ । बर्षासँगै तालको सतह बढेपछि तालको महान जलाधार क्षेत्रमा रहेको जलकुम्भी तालमा फैलिएको हो ।
तालको महान क्षेत्रमा गत बर्ष गएको पहिरोले थपारेको आलोमाटो, गेग्रयान र खोलाले खेत कटान गरेको माटो समेत तालको मख्य स्रोत हर्पन खोला, खहरे खोलाहँदै तालमा मिसीदा ताल धमीलो समेत भएको छ । बजार क्षेत्रको बलौदी फीड्के खोला हदै बजार क्षेत्रको फोहार समेत तालमा मिसीदा ताल प्रदषित समेत भएको भएको स्थानीय पर्यटन व्यवसायी हरि पहारीले बताए ।
पछिल्लो ७ बर्षमा जलकम्भी झार जस्तै गरि फैलिएको बन्दा झार पनि तालमा फैलदा ताल झनै झाडी जस्तै भएको छ । बन्दा झार पछिल्लो समयमा बढी फैलीएको मत्सय अनसन्धान केन्द्र पोखराका प्राविधिक अधिकृत रामप्रसाद ढकालले बताए । यो झार हातले चलाउँदा चिलाउने भएकोले पनि जलकम्भी झार भन्दा जोखिम भएको उनले बताए ।
तालमा जलकम्भी झार फैलदा ढंगा चलाउँदा समेत अफ्ठेरो भएको छ । जलकम्भीको झाडी हदै पर्यटकले अहिले तालमा नौका बिहार गर्ने गरेका छन् । तालको महान क्षेत्रमा फैलिएको झार ननिकाल्दा यो समस्या आएको हो । बर्षा याममा तालको सतह बढेपछि झार तालमा फैलदा मात्र झिक्ने गरिदा बशैपच्छिे समस्या दोहोरिने गरेको छ ।
गत बर्ष तालको महान क्षेत्रको २२ हेक्टर वनमा पहिरो गएर माटो, काठपात तालमा मिसीदा तालको सतह करिव एक फिट परिएको अनमान गरिएको जिल्ला भू संरक्षण कार्यालयका सहायक भू संरक्षण अधिकृत बिष्ण पोखरेलले बताए । गत बर्षको पहिरोले ताल कती परियो भन्ने अध्ययन भने भएको छैन उनले भने ।
वातावरण दिवसको अवसर पारेर पोखराको बजार क्षेत्र हदै तालमा मिसीने फिर्के-बलौंदी सफाइ अभियानको कारण बजार क्षेत्रवाट तालमा मिसीने प्लाष्टिक जन्य फोहार लगाएतका फोहोर तालमा मिसीने क्रम भने कम भएको छ । ९ हप्ता अघि देखि भएको अभियान प्रत्येक शनिवार फिड्के खोला सरसफाई भइरहेको नागरिक समाजा पोखराका संयोजक रामबहादर पौडेलले बताए ।
जलाधार क्षेत्रमा जथाभावी मोटरवाटो खन्ने, भूक्षय नियन्त्रणतर्फ ध्यान नदिदा बर्षेनी हजारौं टन माटोले फेवाताल पर्दै लगेको छ । सन् १९५७ को नापीले ताल २२ हजार रोपनीमा फैलिएको, गहिराई १८ मिटर, लम्वाई ४ किलोमिटर र चौडाई सय मिटर देखि २ किलोमिटर रहेको जनाएको छ । सन् २००० को अध्ययनले आधाभन्दा वढि घटेर ९ हजार ९ सय ५५ रोपनीमा र अहिले झनै खम्चिएर पाँच वर्ग किलोमिटरमा साँघरिएको जनाईएको छ । प्रति बर्ष फेवातालमा एक लाख ४२ हजार मेट्रिक टन माटो र गेग्रयान थप्रिदै आएको अध्ययनले देखाएको छ ।