एभरेस्ट बैंक र यूकेएड सक्षमबीच सम्झौता

एभरेस्ट बैंक र यूकेएड सक्षमबीच सम्झौता

काठमाडौंः एभरेस्ट बैंक र यूकेएड सक्षमबीच वित्तीय सेवा पहुँचअन्तर्गत एभरेस्ट बैंक सेवा परियोजनाका लागि सम्झौता भएको छ ।सम्झौतापत्रमा एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत एके अहलुवालिया र यूकेएड सक्षम एक्सेस टु फाइनान्सका टिम लिडर बलजित बोहराले हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ कार्यक्रमका प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा अर्थ मन्त्रालयका उपसचिव किसान सिंह बस्नेत, डीएफआईडी नेपालका निजी क्षेत्र विकास सल्लाहकार रवि रायमाझी तथा राष्ट्र बैंक र एभरेस्ट बैंकका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको बैंकले जनाएको छ ।

सम्झौतापश्चात्, एभरेस्ट बैंकले बैंकिङ सेवा नपुगेका विभिन्न क्षेत्रमा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवामा सर्वसाधारणलाई अभ्यस्त गराउने जनाएको छ । यसले वित्तीय साक्षरता कार्यक्रममार्फत जनचेतना अभिवृद्धि गर्नुका साथै व्यक्तिगत, कृषि सहकारी तथा साना लघु उद्यमीको वित्तीय आवश्यकता पूरा गर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यो सुविधा देशका सुदूरपश्चिम, मध्य पश्चिम र पश्चिम क्षेत्रका २७ जिल्लामा पुग्नेछ । बैंकले शाखारहित बैंकिङको नौलो आयामका रूपमा ट्याब्लेट बैंकिङ पनि सुरु गरेको जनाएको छ । बैंकले हाल आफ्ना ६१ वटा शाखा, पाँच एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८३ एटीएम तथा बृहत् बाह्य सञ्जालमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.