प्रधानमन्त्री प्रचण्डको प्रमुख स्वकीय सचिवमा महरा नियुक्त

प्रधानमन्त्री प्रचण्डको प्रमुख स्वकीय सचिवमा महरा नियुक्त

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख स्वकीय सचिवमा जोखबहादुर महरा नियुक्त भएका छन् ।

यस अघि समेत प्रचण्डका स्वकीय सचिव रहेका महरालाई निरन्तरता दिदै प्रचण्डले प्रमुख सचिवमा नियुक्त गरेका हुन् । महरा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत हुन् ।

स्वकीय सचिवमा भने प्रधानमन्त्री प्रचण्डका पुत्र प्रकाश दाहाल र अखिल (क्रान्तिकारी)का पूर्व अध्यक्ष रमेश मल्ल नियुक्त नियुक्त भएका छन् भने  प्रधानमन्त्रीको सचिवालयमा फोटो पत्रकार दिनेश श्रेष्ठ र मनोहर शर्मासमेत नियुक्त भएका छन् ।

प्रचण्डले सकेसम्म सानो सचिवालय बनाउने तयारी गरेको प्रमुख स्वकीय सचिव महरलाले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.