बालुवाटार सरे प्रचण्ड

बालुवाटार सरे  प्रचण्ड

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल अपराह्न ४ बजे सरकारी निवास बालुवाटार सरेका छन् । प्रधानमन्त्री पदको सपथ लिएर पनि आफ्नै निजी निवास लाजिम्पाटमा बस्दै आएका प्रधानमन्त्री प्रचण्ड बालुवाटार सरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दीपेन्द्रनाथ शर्मा, प्रधानमन्त्री कार्यालयका कर्मचारी एवम् सुरक्षाकर्मी लगायतले स्वागत गरेका छन् ।

प्रधानमन्त्री दाहालले आफू सबैसँग मिलेर काम गर्ने र एउटै परिवारको सदस्यका रुपमा रहने बताएका छन् ।

यस्तै, प्रधानमन्त्री दाहालले सरकारी निवासमा रहेको सामान नै प्रयोग गर्ने बताउँदै अत्यावश्यक बाहेक अरु कुनै पनि सामान नकिन्न प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.