निजी क्षेत्रको सबैभन्दा ठूलो हाइड्रो आयोजनाका लागि झन्डै १२ अर्ब जुट्यो

निजी क्षेत्रको सबैभन्दा ठूलो हाइड्रो आयोजनाका लागि झन्डै १२ अर्ब जुट्यो

काठमाडौं : स्वदेशी निजी क्षेत्रबाट निर्माण हुन लागेको हालसम्मकै सबैभन्दा ठूलो सोलु दूधखोला जलविद्युत् आयोजना (८६ मेगावाट) को ११ अर्ब ८६ करोड रुपैयाँको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ ।

हाइड्रो भेन्चर प्रालिले निर्माण गर्न लागेको यो आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा १० वटा बैंक तथा वित्तीय संस्थाले आठ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् । आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकले एक अर्ब ५० करोड, जलविद्युत् लगानी तथा विकास कम्पनीले ९० करोड, राष्ट्रिय वाणिज्य बैंक, एसियाली विकास बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक, सेन्चुरी बैंक, सानिमा बैंक, एनआईडीसी विकास बैंक र सनराइज बैंक प्रत्येकले ७५ करोड, प्रभु बैंक र सिभिल बैंकले ५०–५० करोड रुपैयाँ लगानी गरेको ऋण सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले बताए ।

कार्यक्रममा वितरित विज्ञप्तिअनुसार कुल लागतको ७३ प्रतिशत ऋणबाट र बाँकी २७ प्रतिशतबराबरको तीन अर्ब २१ करोड रुपैयाँ सेयरधनीका तर्पmबाट लगानी हुनेछ ।पाण्डेका अनुसार यो आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ७९ लाख रुपैयाँ हुने अनुमान छ ।

आगामी चार वर्षमा निर्माण पूरा भइसक्ने अपेक्षा गरिएको यो आयोजनामा सोलुखुम्बु जिल्लाको कागेल र तिंगला गाविसमा बाँध बाँधी पञ्चन गाविसस्थित मैखुबेसीमा निर्माण हुने विद्युत्गृहबाट बिजुली उत्पादन गरिनेछ । विद्युत्गृहबाट साढे १० किलोमिटर दूरीमा रहेको विद्युत् प्राधिकरणको लमाने सबस्टेसनमा १३२ केभी प्रसारण लाइनमार्पmत राष्ट्रिय प्रसारण लाइनमा जोडिने विज्ञप्तिमा उल्लेख छ ।

साहस ऊर्जा लिमिटेडको शतप्रतिशत लगानीको हाइड्रो भेन्चर प्रालिले यो आयोजनाको कार्य अघि बढाएको हो । कम्पनीका अनुसार आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) तयारी अन्तिम चरणमा रहेको, आयोजना स्थलमा आवास तथा पहुँच मार्ग निर्माण कार्य भइरहेको, माटोढुंगा उत्खनन र अनुसन्धान कार्य भइरहेको छ ।साहस ऊर्जा लिमिटेडमा हाइड्रो भेन्चर प्रालि गाभिने प्रक्रिया अघि बढिरहेको र निर्माण अवधिभित्र नै सर्वसाधारणका लागि सेयर लगानी गर्ने अवसर प्रदान गर्ने लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.