संघीयताले राष्ट्रियता फुटाउने खतरा बढ्यो
![संघीयताले राष्ट्रियता फुटाउने खतरा बढ्यो](https://annapurnapost.prixacdn.net/media/albums/Chitra-bahadur-kc-peace-sign-57a496b035ec62.35898524_MtsmaXMW7O.jpg)
काठमाडौँः राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताले राष्ट्रियता फुटाउने खतरा बढ्दै गएको बताएका छन् ।
राष्ट्रिय जनमोर्चा पार्टी काठमाडौँले गरेको कार्यक्रममा बोल्दै केसीले देशले संघीयता सम्हाल्न नसक्ने भएकाले राष्ट्रियतामाथि खतरा बढाएको बताएका हुन् ।
पूर्वउप्रधानमन्त्री समेत रहेका केसीले अहिले सिङ्गो देशलाई सम्हाल्न नसकिरहेको बेला सात प्रदेशलाई सम्हाल्न देशले नसक्ने बताए । उनले भने, ‘सिंगो देश सम्हाल्न कठिन भइराखेका बेला संघीयताले देश थप सङ्कटमा पर्ने देखिएको छ ।’
अध्यक्ष केसीले माओवादीले आफूले १० वर्षसम्म नेपालमा गरेको युद्धको अन्तर्राष्ट्रिय अदालतमा पुग्ने डरले आफ्नो हातमा सत्ता लिएको टिप्पणी केसीको छ।
उनले माओवादीले तत्कालका लागि सत्ता हातमा लिएर अन्तराष्ट्रिय अदालत पुग्ने डर लुकाएपनि एक न एक दिन सजायको भागीदार बन्नुपर्ने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)