अन्नपूर्ण र लायन्स क्लवबीच सम्झौता

अन्नपूर्ण र लायन्स क्लवबीच सम्झौता

काठमाडौँ: अन्नपूर्ण मिडिया नेटर्वक र लायन्स क्लव इन्टरनेशनल डिस्टीक ३२५ ए वानबीच मानवीय सेवाका कार्यमा सहकार्य गर्ने सम्झौता भएको छ ।
शुक्रबार राजधानीको याक एन यति होटलमा एक समारोहबीच अन्नपूर्ण र लायन्स क्लवबीच मानवीउ सेवाका सामाजिक कार्यमा सहकार्य गर्ने सम्झौता भएको हो ।

लायन्स क्लवले संचालन गरेका सामाजिक कार्यमा अन्नपूर्ण मिडिया नेटर्वकको समेत सघाउने सम्झौता भएको हो । सम्झौतापत्रमा अन्नपूर्ण मिडिया नेटर्वकका तर्फबाट नेपाल न्यूज नेटर्वक इन्टरनेशनल प्रालिका प्रमुख संचालन अधिकृत हरिप्रकाश गौचन र लायन्स क्लव इन्टरनेशनल डिस्टीक ३२५ ए वान गर्भनर कुमारराज सुवेदीले हस्ताक्षर गरे ।

कार्यक्रममा लायन्स क्लवका इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतान, विजय कुमार राजुसमेत सहभागी थिए । अन्नपूर्ण मिडिया नेटर्वक अन्तर्गत अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक, एपी वान टेलिभिजन, रेडियो अन्नपूर्ण नेपाल र अनलाइन संकरण अन्नपूर्णपोस्ट डट कम सञ्चालनमा छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.