आर्थिक चुनौती सामना गर्न निजी क्षेत्रसँग सहकार्य

आर्थिक चुनौती सामना गर्न निजी क्षेत्रसँग सहकार्य

काठमाडौँ: उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको आर्थिक चुनौती सामना गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिसँग आज अर्थमन्त्रालयमा भएको छलफलमा उनले निजी क्षेत्रसँग सहकार्य गर्दै मुलुकको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान गर्ने बताए ।

निजी क्षेत्रको नेतृत्वमा मुलुकको आर्थिक विकास प्रक्रियाले गति लिएकाले यही क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

महासङ्घका अध्यक्ष पशुपति मुरारकाका अनुसार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री महराले सरकार, निजी क्षेत्र एकअर्काका सहयोगी भएकाले मिलेर काम गर्ने वचन दिएका छन् ।

‘सरकारले ल्याउने आर्थिक वृद्धिको कार्यक्रममा हातेमालो गरेर अगाडि बढ्न महासङ्घ तयार रहेको हामीले अर्थमन्त्रीलाई जानकारी गरायौँ, उहाँले आफू सबै पक्षको साथ र सहयोगमा अगाडि बढ्न तयार रहेको बताउनुभयो’, अध्यक्ष मुरारकाले भने ।

अध्यक्ष मुरारकाको नेतृत्वमा महासङ्घका उपाध्यक्ष शेखर गोल्छा, उद्योगी तथा व्यवसायी सौरभ ज्योति, अञ्जन श्रेष्ठलगायतले अर्थमन्त्री महराको सफल कार्यकालको शुभकामना दिए । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.