विद्यार्थीको सिकाइ स्तर घट्यो

विद्यार्थीको सिकाइ स्तर घट्यो

काठमाडौंः सरकारले विद्यालय शिक्षामा बर्सेनि लगानी बढाए पनि विद्यार्थीको सिकाइचाहिँ घट्दै गएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले गरेको एक अध्ययनले यस्तो देखाएको हो ।

विद्यालय तहका विद्यार्थीको सिकाइ स्तरबारे अध्ययन गरेर सुधारका लागि मन्त्रालयलाई सुझाव दिने उद्देश्यले सहसचिवको नेतृत्वमा मन्त्रालयले ६ वर्षअघि ईआरओ गठन गरेको थियो ।

अध्ययन प्रतिवेदनअनुसार तीन वर्षअघिको तुलनामा विद्यार्थीको सिकाइ उपलब्धि निकै कमजोर रहेको देखिन्छ ।सन् २०१२ मा कक्षा तीनमा अध्ययनरत ग्रामीण भेगका नेपाली विषयका विद्यार्थीको सिकाइ उपलब्धि ५९ रहेकोमा सन् २०१५ मा घटेर ४९ मा झरेको छ । यही विषयमा सहरी भेगका विद्यार्थीको उपलब्धि तीन वर्षअघि ७५ रहेकोमा अहिले ६० मा झरेको छ ।

त्यस्तै कक्षा पाँंचमा पढ्ने ग्रामीण भेगका नेपाली विषयका विद्यार्थीको सिकाइ उपलब्धि सन् २०१२ मा ५६ रहेकोमा २०१५ मा ४४ मा झरेको छ । यही विषयमा सहरी भेगका विद्यार्थीको उपलब्धि पनि ६५ बाट ४४ मा आइपुगेको छ । सन् २०१२ मा कक्षा तीनमा अध्ययनरत ग्रामीण भेगका गणित विषयका विद्यार्थीको सिकाइ स्तर ७५ बाट घटेर ६० मा आइपुगेको छ भने सहरी भेगका विद्यार्थीको स्तर ७५ बाट झरेर ६० मा आइपुगेको छ ।

सन् २०१५ मा गरिएको कक्षा तीन र पाँचको गणित, नेपाली तथा अंग्रेजी विषयको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ईआरओका प्रमुख सहसचिव डा. लेखनाथ पाडेलले कक्षाकोठामा शिक्षकको उपस्थिति प्रभावकारी रह्यो भने विद्यार्थीको सिकाइ उपलब्धि पनि उत्कृष्ट रहेको अध्ययनका क्रममा पाइएको बताए ।

 

ईआरओले पछिल्लोपटक सन् २०१५ मा मुलुकभरका २३ जिल्लाका एक हजार पाँच सय ४२ विद्यालयमा कक्षा तीनमा पढ्ने ३३ हजार आठ सय ६३ विद्यार्थीको नेपाली तथा गणित विषय र २३ जिल्लाकै कक्षा पाँचमा पढ्ने एक हजार पाँच सय ४२ विद्यालयका ४० हजार १५ विद्यार्थीको गणित, नेपाली र अंग्रेजी विषयका विद्यार्थीको सिकाइ स्तरबारे अध्ययन गरेको थियो ।

पौडेलका अनुसार प्रतिवेदन विशलेषण गर्दा अन्तर्राट्रिय मुलुकका कक्षा चारका विद्यार्थीको सिकाइ उपलब्धि र नेपाली विद्यार्थीका पाँच कक्षाका विद्यार्थीको सिकाइ उपलब्धि समान रहेको देखिन्छ ।

नेपाली विषयमा सिकाइ उपलब्धिको राष्ट्रिय औसत कक्षा तीनमा ५२ र कक्षा पाँचमा ४६ तथा गणित विषयमा कक्षा तीनमा ४५ र कक्षा पाँचमा ४८ रहेको छ । दुवै कक्षामा छात्रको भन्दा छात्राको सिकाइ उपलब्धि बढी छ ।

कक्षा तीनमा नेपाली विषयको छात्रको औसत उपलब्धि अंक ५१ रहेकोमा छात्राको यो अंक ५४ रहेको छ । कक्षा पाँचमा नेपाली विषयमै छात्रा र छात्रको औसत उपलब्धि क्रमशः ४८ र ४६ छ ।

केन्द्रका उपनिर्देशक गोपाल भट्टराईले भने, ‘स्कुले विद्यार्थीको हरेक विषयमा मूल्यांकन र विश्लेषण गर्ने क्षमताको कमी छ । अब पुरानो ढाँचाको शिक्षण सिकाइ पद्धति परिवर्तन गर्नु जरुरी छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.