दूतावासको ‘सूचना जर्नल
![दूतावासको ‘सूचना जर्नल](https://annapurnapost.prixacdn.net/media/albums/ranjit-ray-57a5a3ee0d5f39.41423402_8e9VEngSfw.jpg)
काठमार्डौंः बीपी कोइराला नेपाल-भारत फाउन्डेसनको औपचारिक वेबसाइट शुभारम्भ गरिएको छ । भारतीय राजदूत रन्जित रेले शुक्रबार आयोजित एक कार्यक्रममा फाउन्डेसनको वेबसाइट धधध।दउपा।यचन।लउ उद्घाटन गरेका हुन् ।
सो अवसरमा राजदूत रेले दूतावासद्वारा हरेक दुई महिनामा प्रकाशित हुने इन्फरमेसन जर्नल ‘सारांश' समेत विमोचन गरे । उक्त जर्नलमा दूतावासले सञ्चालन गर्ने गतिविधि समावेश गरिनेछ । कार्यक्रममा राजदूत रेले फाउन्डेसनले नेपाल—भारतबीचको सम्बन्धबारे विद्यमान कतिपय भ्रम चिर्न तथा द्विपक्षीय सांस्कृतिक सम्बन्ध प्रवर्धनका लागि भूमिका निर्वाह गरेको बताए ।
नेजा पुरस्कार प्रदान
नेपाल पत्रकार महासंघसँगको सहकार्यमा नेपाल-अमेरिका पत्रकार संघ (नेजा) ले हरेक दुई वर्षमा प्रदान गर्दै आएको नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार यस वर्ष जाजरकोटका पत्रकार जनक केसीलाई प्रदान गरिएको छ ।
पुरस्कारको राशि एक लाख ११ हजार ११ रुपैयाँ ११ पैसा रहेको छ । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो । महासंघका अध्यक्ष डा. महेन्द्र बिष्ट र नेजाका उपाध्यक्ष गुणराज लुइँटेलले संयुक्त रूपमा केसीलाई पुरस्कार प्रदान गरे ।
सोही अवसरमा जेठ ३० गते मोटरसाइकल दुर्घटनामा पत्नी गुमाएर छोरासहित घाइते भएका रौतहटका पत्रकार नरहरि आचार्यलाई नेजाको संयोजनमा संकलन गरिएको दुई लाख ४५ हजार नौ सय ६४ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)