राजदूत सिफारिस रद्द

राजदूत सिफारिस रद्द

काठमाडौंः पूर्ववर्ती सरकारले राजनीतिक कोटामा राजदूतमा सिफारिस गरेकाहरूको नियुक्ति प्रक्रिया रद्द भएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार बनेको दोस्रो दिन शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक आधारमा सिफारिस गरिएका १४ राजदूतको नियुक्ति प्रक्रिया रद्द गरेको हो ।

मन्त्रिपरिषद्को निर्णलगत्तै बसेको संसदीय सुनाइ विशेष समितिको पूर्वनिर्धारित सुनुवाइ स्वतः रद्द भएको छ । समितिका सभापति कुलबहादुर गुरुङले मन्त्रिपरिष्दको बैठकले निर्णय उल्ट्याएपछि १४ जनाका विषयमा सुनुवाइ गर्न नमिल्ने भएकाले रद्द भएको बताए ।

सरकारको पछिल्लो निर्णयपछि सिफारिस भएर पनि राजदूतमा नियुक्त हुन नपाउनेमा एमाले, एमाओवादी, फोरम लोकतान्त्रिक र राप्रपा नेपालका कोटामा परेका व्यक्तिहरू छन् । राजदूतमा सिफारिस भएका १४ जनाका बारेमा शुक्रबार सुनुवाइ गर्ने कार्यसूची थियो ।

अघिल्लो सरकारले एमालेबाट महेन्द्रबहादुर पाण्डे (चीन), डा.खड्ग केसी ( जापान), युवराज कार्की (दक्षिण कोरिया), नारद भारद्वाज ( श्रीलंका), अलि अख्तर मिकरानी (साउदी अरेबिया), डा. शिवमाया तुम्बाहाम्फे (इजरायल), राजदूतमा सिफारिस गरेको थियो ।

त्यसैगरी माओवादी केन्द्रबाट युवनाथ लम्साल (डेनमार्क), लक्की शेर्पा (अस्ट्रेलिया), पदम सुन्दास (बहराइन), महेन्द्र सिंह (कतार) सिफारिस भएका थिए । राप्रपा नेपालबाट निरञ्जन थापा (रसिया), भरतबहादुर रायमाझी (यूएई) र खगेन्द्र बस्नेत (बंगलादेश) तथा फोरम लोकतान्त्रिकबाट शर्मिला पराजुली (ओमन) सिफारिस भएकी थिइन् ।

संसदीय सुनुवाइ विशेष समितिको शुक्रबार बसेको बैठकले तत्कालीन सरकारले सुनुवाइका लागि सिफारिस गरेका २२ मध्ये परराष्ट्रसेवाका आठजनाको नाम अनुमोदन गरेको छ । अनुमोदन गरिएकामा डा. दुर्गाबहादुर सुवेदी (बेलायत), लोकबहादुर थापा (बेल्जियम), प्रकाशकुमार सुवेदी ( अस्ट्रिया), ताराप्रसाद पोखरेल (ब्राजिल), रमेशप्रसाद खनाल (जर्मनी), सेवा लम्साल अधिकारी (पाकिस्तान), झवीन्द्र अर्याल (इजिप्ट) र ऋषिराम घिमिरे (म्यानमार) छन् । 

संसदीय समितिमा सुनुवाइका क्रममा रहेको राजदूत सिफारिसको निर्णय फिर्ता गरेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले असन्तोष प्रकट गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेक भानुभक्त ढकालले संसदीय समितिमा प्रवेश गरेको विषयमाथि सरकारले हस्तक्षेप गरेको आरोप लगाए ।

मृतक परिवारलाई १० लाख


सरकारले तराई-मधेस र थरुहट आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई एक साताभित्र राहतस्वरूप जनही रु १० लाख उपलब्ध गराउने निर्णय गरेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री कष्णबहादुर महराले जानकारी दिए ।

त्यस्तै सरकारले मृतक परिवारको पहिचान तथा समन्वयका लागि सम्बन्धित राजनीतिक दलले सहयोग गर्ने र आन्दोलनमा घाइते भएकाको उपचार खर्च सम्बन्धित अस्पताललाई गृह मन्त्रालयले बिलबमोजिम भुक्तानी गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

‘आन्दोलनका कुन घाइतेको कति खर्च भएको हो सोको आधिकारिक प्रमाणित बिल सम्बन्धित राजनीतिक दलले समन्वय गरी गृह मन्त्रालयमार्फत उपलब्ध गराउने निर्णय भएको छ', महराले भने ।

त्यस्तै तराई-मधेस र थरुहट आन्दोलनका क्रममा लागेकाहरूको मुद्दा र बन्दी रिहाइसँग सम्बन्धित विवरण मन्त्रालयले एक साताभित्र तयार गर्ने तथा आन्दोलनका क्रममा अपांग भएकाहरूको विवरण दुई साताभित्र संकलन गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद्ले तराई-मधेस आन्दोलनका क्रममा भएका आगजनी, तोडफोडका घटना छानबिनका लागि आयोग गठन प्रक्रिया सुरु गरी एक साताभित्र मन्त्रिपरिषद्मा पेस गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले दुई सहसचिव राजेश्वरमान सिंह र लवदेव अवस्थीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.