देउवालाई भेट्न प्रधानमन्त्री प्रचण्ड बुढानिलकण्ठमा

देउवालाई भेट्न प्रधानमन्त्री प्रचण्ड बुढानिलकण्ठमा

काठमाडौंः प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुगेका छन् । 

प्रमुख सत्ता साझेदार कांग्रेससँग सरकार विस्तारका विषयमा छलफल गर्ने प्रचण्डका सहयोगीले बताएका छन् । 

देउवासँग सरकार विस्तारका साथै मन्त्रिपरिषदलाई पूर्णता दिने, सरकारले चाल्ने आगामी कार्यक्रम लगायतका विषयमा छलफल हुनेछ । 

कांग्रेस र माओवादीबीचको गठबन्धनले गरेको सहमति अनुसार कांग्रेसले १३ र माओवादीले ८ मन्त्रालय लिने सहमति भएपनि प्रधानमन्त्रीसहित माओवादीका चार र नेपाली कांग्रेसका दुई मन्त्रीले मात्र कार्यभार सम्हालेका छन् । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.