निगमले भदाै २ देखि दुबई उडान थाल्ने

निगमले भदाै २ देखि दुबई उडान थाल्ने

काठमाडौंः नेपाल वायुसेवा निगमले भदौ २ गतेदेखि संयुक्त अरब इमिरेट्सको दुबईमा सीधा उडान गर्ने भएको छ । यससम्बन्धी तयारी पूरा भएको निगमले जानकारी दिएको छ ।

निगमले वैदेशिक रोजगारीको आकर्षक गन्तव्य दुबईमा साताको तीन उडान गर्नेछ । निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारका अनुसार निगमले करिब पाँच वर्षपछि पुनः दुबई उडान सुरु गर्न लागेको हो ।

निगमले एयरबसको एक सय ५६ सिटे ए३२० जहाजमार्फत आइतबार, मंगलबार र बिहीबार काठमाडौंबाट दुबई उडान गर्ने भएको छ । दुबईबाट दैनिक उडानको माग आए पनि जहाज अभावका कारण तत्काल माग पूरा गर्न नसकिने कंशाकारको भनाइ छ । दुबईपछि निगमले छिटै चीनको ग्वाङझाओमा पनि उडान गर्ने तयारी गरिरहेको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए ।

निगमले यूएईमा सेवा दिएका यात्रुमध्ये कम्तीमा ५० प्रतिशत पर्यटक हुने अनुमान गरेको छ । पाँच वर्षअघि निगमले दुबईमा साताको चार उडान गर्दै आएको थियो । दुबईमा निगमले २०४१ माघमा उडान सुरु गरेको थियो ।

नयाँ जहाज थप नगर्ने र भएका जहाज ग्राउन्डेड बन्दै गएपछि निगमले गन्तव्य कटौती गर्दै आएको थियो । निगमसँग अन्तर्राष्ट्रिय उडानतर्फ अहिले दुई एयरबस र एउटा बोइङ जहाज सञ्चालनमा छन् ।

निगमले एक वर्षभित्रै दुईवटा वाइडबडी जहाज ल्याउने गरी काम गरिरहेको जनाएको छ । एसियामा सबैभन्दा महँगो हवाई गन्तव्यका रूपमा चिनिने नेपालमा निगमलाई पर्याप्त जहाज उपलब्ध नगराएसम्म हवाई सेवा प्रतिस्पर्धी नबन्ने भन्दै कंशाकारले व्यवस्थापनको प्रयासमा अर्थ र पर्यटन मन्त्रालय सकारात्मक रहेको जानकारी दिए ।

निगमले ६ महिनाभित्र वाइडवडी जहाज खरिदको सम्झौता गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.