‘हिरो रिटर्न्स’मा रेखा थापा

‘हिरो रिटर्न्स’मा रेखा थापा

काठमाडाैँ: लामो समय चर्चा भए पनि बन्ने-नबन्ने अनिश्चित रहेको ‘हिरो रिटर्न्स’ निर्माणको औपचारिक घोषणा गरिएको छ । नायक सबिन श्रेष्ठको प्रस्तुति रहने चलचित्रको घोषणा गरिएको हो । चलचित्रमा नायिका रेखा थापा, नायक सरोज खनाल, नायक दिल श्रेष्ठ र सबिन श्रेष्ठकोमुख्य भूमिका रहने छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, चलचित्र निर्देशक उज्ज्वल घिमिरे, चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्दै नायिका रेखा थापाले सबिनको मन छुने प्रस्तावलाई आफूले नकार्न नसकेको बताइन् । चलचित्रमा आफू एक्सन अवतारमा नै प्रस्तुत हुने रेखाले बताइन् । रेखा फिल्म्स्कै ब्यानरमा बनेको चलचित्र ‘अन्दाज’बाट सबिनले चलचित्र क्षेत्रमा डेब्यु गरेका थिए ।

चलचित्रका निर्माता चन्द्र गौतमले ‘दमदार’पछि दोस्रो चलचित्र निर्माणमा लागेको बताए । चलचित्रमा सहदेव गौतम र भीम न्यौपानेको पनि लगानी रहनेछ । चलचित्रको निर्देशन आशीष भेटवालले गर्दैछन् । चलचित्रका कलाकार सरोज खनाल भने खलपात्रको भूमिकामा देखिनेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.