बुढानिलकण्ठमा प्रचण्ड र देउवाबीच के कुराकानी भयो

बुढानिलकण्ठमा प्रचण्ड र देउवाबीच के कुराकानी भयो

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

करिब एक घन्टा लामो वार्तामा मधेसी मोर्चासहितको गठबन्धनसँग भएको तीनबुँदे सहमति कार्यान्वयन र मन्त्रिमण्डल विस्तार र संविधान कार्यान्वयनलगायतका विषयमा छलफल भएको छ।

कांग्रेस र माओवादीबीचको गठबन्धनले गरेको सहमति अनुसार कांग्रेसले १३ र माओवादीले ८ मन्त्रालय लिने सहमति भएपनि प्रधानमन्त्रीसहित माओवादीका चार र नेपाली कांग्रेसका दुई मन्त्रीले मात्र कार्यभार सम्हालेका छन् । दुवैलाई मन्त्री छान्न सकस भएको छ। वार्तामा मन्त्रिमण्डल गठनमा ढिलाइ नगर्ने र विवाद पनि सकेसम्म बाहिर नल्याउने सहमति भएको छ। 

वार्तामा संविधान कार्यान्वयनमा एमालेलाई समेत समेटेर अघि बढ्ने बारेमा पनि सकारात्मक छलफल भएको छ। देउवाले पनि कसैलाई पनि नचिढाइकन अघि बढ्नुपर्ने सल्लाह दिएका थिए।

सभापति देउवाका निजी सचिव भानु देउवाले दिएको जानकारीअनुसार पछिल्लो राजनीतिक अवस्था, मन्त्रिमण्डल विस्तार, संविधान कार्यान्वयन र आन्दोलनरत मधेसवादी दलका बीच भएका तीनबुँदे सहमति कार्यान्वयन विषयमा वार्ता केन्द्रित रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.