बाबुरामले भने, ' संसदीय प्रणाली अन्त्य गरेर कार्यकारी राष्ट्रपतिमा जानुपर्छ'

बाबुरामले भने, ' संसदीय प्रणाली अन्त्य गरेर कार्यकारी राष्ट्रपतिमा जानुपर्छ'

झापा : नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले संसदीय प्रणाली अन्त्य गर्नुपर्ने बताएका छन्।

संसदीय प्रणाली कायम रहेसम्म मुलुक आर्थिक समृद्धितर्फ अघि नबढ्ने उनको भनाइ छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले झापाको बिर्तामोडमा बिर्तामोड प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, 'संसदीय प्रणाली अन्त्य गर्नुपर्छ। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्छ। त्यसपछि मात्र मुलुकमा स्थिरता र समृद्धि संभव हुन्छ।'

उनले भने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतले कम्तीमा पाँच वर्ष सरकार आफ्नो हिसाबले चलाउन पाउँछ र मन्त्रीहरु आफ्नै ढंगले छान्न पाउँछ। उसलाई दलीय दबाब तथा संसदीय गणितको त्रास हुँदैन। यसले अहिले देखिएको अराजकता र अनुशासनहिनता पनि हट्छ।'

उनले संसद्‌मा भइरहने सत्ताको फोहोरी खेल अन्त्य गर्न अब राष्ट्रपतीय प्रणालीमा जानुबाहेक अर्को विकल्प नरहेको बताए। उनले भने, 'सरकार गिराउने र बनाउने खेलले आर्थिक क्षेत्र तहसनहस भएको छ। हामी सत्ताको राजनीतिमै बढी अल्झिएका छौं।'

संविधान आफैँमा अपूर्ण भएको बताउँदै नेता भट्टराईले भने– गणतन्त्रलाई संस्थागत गर्न मात्र आफूले संविधानमा हस्ताक्षर गरेको हुँ । विद्यामान राजनीतिक अस्थिरताको अन्त्य गर्न सबै मिलेर संविधान संसोधन गर्नुपर्ने उहाँको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.