रिबन काट्ने कार्यक्रममा जान्नः प्रधानमन्त्री प्रचण्ड

रिबन काट्ने कार्यक्रममा जान्नः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रुपमा रिबट काट्ने कार्यक्रममा नअल्झने बताएका छन् । शनिबार गोरखा–काठमाडौँ सम्पर्क मञ्चको एकता भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘कार्यकाललाई प्रभावकारी बनाउन अपवादबाहेक उद्घाटन र रिबन काट्ने कार्यक्रममा जान्न ।’

प्रचण्डले आफ्नो कार्यकाललाई प्रभावकारी बनाउन लागि पर्ने बताउदै रिबन काट्न नजाने बताएका हुन् । उनले शनिबारको कार्यक्रम पूर्वनिर्धारित भएकाले मात्र उपस्थित भएको समेत प्रष्ट पारे । ‘परिणाममुखी काम हुनुपर्छ भन्नेमा छु । यो कार्यक्रम प्रधानमन्त्री हुनुपूर्व नै तय भएकाले आएँ तर आगामी दिनमा रिबन काट्ने काममा अल्झने छैन ।’

भेलामा प्रधानमन्त्रीले १० माओवादीको एकतापछि नेकपा (माओवादी केन्द्र) ठूलो दल भएको दाबी गरे । ‘संसदमा हामी अहिले पनि तेस्रो दलकै रुपमा उपस्थित छौँ । तर, १० माओवादीको एकतापछि हामी ठूलो दल बनेका छौं,’ उनले भने, ‘एकतालाई जनतासम्म पुर्याएर जनआकांक्षा पुरा गर्नतिर लाग्नु आजको प्राथमिकता हो ।’

संविधानको परिमार्जनसहित कार्यान्वयन, भूकम्पको पुनर्निमाण र राहत, आर्थिक समृद्धि र जनआकांक्षाको परिपूर्ति सरकारको मूख्य कार्यभार रहेको भन्दै प्रधामन्त्रीले चुनौतीकाबीच होसियारीपूर्वक परिणाम निकाल्ने बताए ।

भेलामा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, देव गुरुङ, हरिराज अधिकारी, लेखनाथ न्यौपाने, अमृता थापा मगरले मन्तव्य राखे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.