माओवादी केन्द्रमाथि जनताको अपेक्षा

माओवादी केन्द्रमाथि जनताको अपेक्षा

काठमाडौँः नेकपा (माओवादी केन्द्र)की प्रवक्ता पम्फा भुसालले वर्तमान सरकारले देश र जनताको पक्षमा अधिकभन्दा अधिक काम गरेर मुलुक र जनतालाई एकीकृत गर्ने बताएकी छन् ।

प्रेस सेन्टर नेपाल राष्ट्रिय सञ्चार प्रतिष्ठान समितिको एकता भेलालाई शनिबार सम्बोधन गर्दै भुसालले थोरै समयमा देश र जनताको पक्षमा काम गर्ने सुअवसर प्राप्त भएकाले त्यसलाई अधिकभन्दा अधिक सदुपयोग गर्ने बताइन ।

‘जनताको ठूलो अपेक्षा हाम्रो पार्टीमाथि छ । यस्तै वर्तमान सरकारप्रति पनि जनताको ठूलो अपेक्षा छ । त्यो अपेक्षालाई पूरा गर्न हामी सबैको साथ र सहयोग जरुरी छ ।’ प्रवक्ता भुसालले भनिन्, ‘हाम्रो पार्टीको ध्यान देश र जनतालाई समृद्ध बनाउनेतर्फ केन्द्रित हुन्छ र रहन्छ ।’

उनले १० वटा माओवादी घटकबीचको एकताले नेपाली जनतामा ठूलो उत्साहको सञ्चार गरेकाले सो प्रक्रियाभन्दा बाहिर रहेका अन्य माओवादी घटकसमेत ढिलो चाँडो एकता प्रक्रियामा आउने र त्यसका लागि आफूहरुको पहल जारी रहेको बताइन ।

मुलुक र जनतालाई एकीकृत बनाउन सूचना तथा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले पत्रकारको क्षमता अभिवृद्धि गर्न र उनीहरुको पेसागत सुरक्षामा विशेष चनाखो रहनुपर्नेमा जोड दिइन ।

सत्य तथा तथ्य सूचना सम्प्रेषण गर्दै जनताको सुख दुःखमा साथ दिने सञ्चारकर्मीलाई राज्यले विशेष योगदान दिनुपर्ने र क्षमता अभिवृद्धिमा समेत जोड दिनुपर्ने उनको कथन छ ।

प्रेस सेन्टर नेपालका संयोजक गोविन्द आचार्यले पत्रकारको पेसागत सुरक्षा, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन एवम् राष्ट्रिय तथा स्थानीय मुद्दामा आफ्नो सङ्गठन नै अग्रणी रहेको बताए ।

प्रेस सेन्टर नेपालका कार्यालय सदस्य बलराम थापा, राजु लामालगायतले पत्रकारको पेसागत सुरक्षाको विषयमा धेरै काम गर्न बाँकी रहेको बताए ।

लम्सालको नेतृत्वमा नयाँ कार्यसमिति
एकता भेलाले राष्ट्रिय समाचार समितिका संवाददाता रमेश लम्सालको संयोजकत्वमा ७५ सदस्यीय प्रेस सेन्टर नेपाल राष्ट्रिय सञ्चार प्रतिष्ठान समिति चयन गरेको छ ।

समितिको सहसंयोजकमा उद्धव कार्की र सदस्यहरुमा वीरेन्द्र ओली, सञ्चु ब्लोन, क्रन्दन चापागाईं, हरि दुलाल, विनोद घिमिरे, सुमिता लामा, नरेश ज्ञवाली, आस्था केसी, सन्तोष धिताल, मधुसूदन रायमाझी, राजेश भण्डारी, निशा सिग्देल, रघुनाथ बजगाईं, कृष्ण गिरी, हरि घिमिरेलगायत छन् ।

भेलाले सरकारले निर्धारण गरेर पत्रकारको न्यूनतम पारिश्रमिक तत्काल लागू गर्न सरकारसँग माग गर्दै पत्रकारको क्षमता वृद्धि एवम् पेसागत सुरक्षालगायतका विषयमा दृढतापूर्वक लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.