बाढी प्रभावितको उपचार गर्न गोविन्द केसी सप्तरीमा

बाढी प्रभावितको उपचार गर्न गोविन्द केसी सप्तरीमा

राजविराजः त्रिभुवन विश्व विद्यालय चिकित्साशास्त्र अध्ययन संस्थाका प्राध्यापक तथा हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसी सप्तरीको बाढी प्रभावित क्षेत्रमा आइपुगेका छन् । गत साउन ८ गते आएको बाढीबाट प्रभावितको स्वास्थ्य परीक्षणका साथै बिरामीको उपचारका लागि डा. केसी प्रभावित क्षेत्र तिलाठीमा शनिबार पुगेका हुन् । 

प्रभावित क्षेत्रमा रोगको प्रकोप नफैलियोस् र अकालमा कसैले ज्यान गुमाउनु नपरोस् भन्दै प्रत्यक्ष प्रभावित क्षेत्रमा आफैँ पुगेर बिरामीको उपचार गर्ने उद्देश्यले सप्तरी आएको डा.केसीले बताए ।

‘एक नेपाली दुखमा पर्दा अर्को नेपालीले सकेको सहयोग गर्नुपर्छ’, उनले भने, ‘कुनै पनि नेपाली पीडामा भएका बेला आफूसित भएको ज्ञानले सेवा गर्छु ।’

सप्तरी उद्योग बाणिज्य संघसँग समन्वय गरेर केसी प्रभावित क्षेत्र गएको संघका उद्योग उपाध्यक्ष शंकर दासले बताए । स्वास्थ्य क्षेत्रको विकृति अन्त्यका लागि माग गर्दै पटक-पटक आमरण अनसनमा बसेसँगै चर्चामा आएका केसी विभिन्न क्षेत्रमा हुने विपत्ति र महामारीमा पुगेर आफूले सकेजति सहयोग गर्दै आएका छन् । जाजरकोटमा फैलिएको महामारीमा बिरामीको उपचारका लागि पुगेका उनी त्यसलगत्तै विनाशकारी भुकम्पपछि तहसनहस भएका विभिन्न क्षेत्रमा पुगेर बिरामीको उपचार गरेका थिए ।

रोगको प्रकोप बढने सम्भावनाका बेला डा. केसी आएर विरामीको उपचारमा आफै सहभागी हुनुले निकै राहत मिलेको तिलाठीका दिनेश्वर मिश्रले बताए ।

एक सातासम्मको अविरल वर्षासँगै जिल्लाको खाँडो, महुली, जितालगायतका नदीमा आएको बाढी पसेर सकरपुरा, लौनियाँ, तिलाठी, रम्पुरा मल्हनियाँ, कोइलाडी, को. बर्साइन, विषहरियालगायत गाविसका दुई हजारभन्दा बढी घर डुबानमा परेका थिए ।

केही दिनदेखि वर्षा रोकिएपछि गाउँमा जमेको पानी सुक्न थालेको छ । बाढीका कारण खानेपानीको मुहान प्रदूषित हुनुका साथै बाढीसँगै आउने सर्प, बिच्छी तथा भ्यागुता मरेर बस्ती दुर्गन्धित बनेको छ ।
    
बाढीबाट प्रभावित सप्तरीका विभिन्न गाविसमा महामारीको सक्रङमण फैलिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालयले समेत औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । बाढीका कारण डुबानमा परेका गाविसहरुमा आवश्यक औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख विजय झाले बताए ।

बाढी प्रभावित स्थानमा फाटफुट रुपमा रुघाखोकी तथा ज्वरोको बिरामी देखिए पनि प्रभावित क्षेत्रमा अहिले महामारी फैलिने अवस्था नरहेको भन्दै प्रमुख झाले प्रभावित क्षेत्रमा महामारीको अवस्था आउन नदिन आवश्यक सतर्कतासमेत अपनाइएको बताए ।

केही दिनअघि स्वास्थ्य मन्त्रालयले बाढीपीडित क्षेत्रमा महामारी फैलिन सक्ने भएकाले प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मी पठाउन निर्देशन दिएको थियो । यता बाढीबाट प्रभावित क्षेत्रका पीडितलाई विभिन्न सामाजिक संघ–संस्थाले राहत वितरण गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.