दुर्इ हजार तीन सय विद्यार्थी गायब !

दुर्इ हजार तीन सय विद्यार्थी गायब !

संखुवासभा: जिल्लाका सरकारी विद्यालयमा अध्ययनरत दुई हजार तीन सय विद्यार्थी १० महिनाभित्रै गायब भएका छन् । जिल्ला शिक्षा कार्यालयले विद्यार्थीको यकिन तथ्यांक प्रमाणित गर्न विद्यालयकै प्रधानाध्यापक र स्रोत व्यक्तिलाई जिम्मा दिएर तथ्यांक संकलन गरेपछि ठूलो संख्यामा विद्यार्थी नभेटिएका हुन् ।

संखुवासभाका जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतम यति ठूलो संख्यामा विद्यार्थी नपाएपछि आफू चकित भएको बताए । उनी विद्यार्थीलाई नक्कली भन्न नसकिएको तर नपाइएपछि विद्यालयले नक्कली बनाएर तथ्यांक पठाउने गरेको पुष्टि भएको बताए । नक्कली विद्यार्थीभन्दा पनि विद्यालय छाडेका, स्थानान्तरण भएका केही र केही नक्कली नै भएको शिक्षा कार्यालयको राय छ ।

शिक्षा कार्यालयले प्रधानाध्यापकले प्रमाणित गरी स्रोत व्यक्तिमार्फत तथ्यांक माग गरी दुरुस्त राख्ने प्रयास गरेको थियो । अघिल्लो वर्षभन्दा विद्यार्थी घटेको र गत २०७२ जेठमा ४० हजार तीन सय ५९ विद्यार्थी थिए । १० महिनापछि २०७२ चैतमा प्रधानाध्यापकले नै प्रमाणित गरी पठाएको विवरणमा ३८ हजार आठ सय ५५ जनामात्र विद्यार्थी जिल्लामा रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लामा तीन सय ७६ सरकारी विद्यालय छन् ।

यता शिक्षा कार्यालयले विद्यार्थीको संख्यामात्र नभएर छात्रवृत्ति पाउने अशक्त विद्यार्थीको तथ्यांकसमेत दोहोरो पद्धतिमा प्रमाणित गरेका छन् । विद्यालयले दिएको आधारमा छात्रवृत्ति दिने गरे पनि यस वर्ष जिल्ला अपांग संघ र महिला तथा बालबालिका कार्यालयसँग सहयोग लिई अशक्त विद्यार्थी छनोट गरेको हो ।

 

राज्यले अपांगता भएका, दलित र १–८ का छात्रालाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । गत वर्ष जिल्लामा छात्रवृत्ति शीर्षकमा मात्र २२ लाख खर्च भएको तर यो वर्ष १३ लाखमात्र खर्च भएपछि नौ लाख रकम फिर्ता भएको छ । विद्यार्थीको संख्या र वास्तविकता तथ्यांक प्रमाणितपछि राज्यले बेहोर्दै आएको घाटा यस वर्षबाट पूर्ण रूपमा बन्द भएको जिशिअ आचार्यको भनाइ छ ।

कार्यालयले अपांग पाँच सय १८, दलित तीन हजार चार सय १३, छात्रा १५ हजार पाँच सय ४५ विद्यार्थी र माध्यमिक शिक्षा छात्रवृत्ति ६ सय ७२ जना गरी जम्मा २० हजार एक सय ४८ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका छन् ।
शिक्षा क्षेत्रमा राज्यले लगानी गरेको र उपलब्ध कम भएपछि राज्यले नै लिएको निःशुल्क शिक्षा, अनिवार्य शिक्षा र भर्ना अभियान पूर्ण हुनसकेको छैन ।

राज्यको वृत्ति सुविधा लिने शिक्षक नै आफ्नो जिम्मेवारी, राज्य र विद्यार्थी उत्तरदायी नभएपछि उपलब्ध शून्य भएकाले यसलाई थप कार्यान्वयन गर्न राज्यबाटै कडा कदम चाल्नुपर्ने पूर्वशिक्षक एवं अभिभावक भक्तबहादुर श्रेष्ठ बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.