श्रीलंकालाई टेष्ट शृंखला
कोलम्बोः श्रीलंकाले अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्ट क्रिकेट नियन्त्रणमा लिएको छ । दोस्रो दिन शुक्रबारको खेल समाप्तिमा श्रीलंकाले खेल जित्ने संकेत देखाएको हो ।
श्रीलंकाको उत्कृष्ट बलिङ प्रदर्शनपछि अस्ट्रेलिया लगातार दोस्रो खेलमा हार नजिक पुगेको छ । दोस्रो दिन २१ विकेट झ¥यो । पहिलो पालीमा केवल एक सय ६ रनमा समेटिएको अस्ट्रेलियाले जितका लागि चार सय १३ रनको लक्ष्य पाएको छ । अस्ट्रेलियाले दोस्रो दिनको खेल समाप्तिमा तीन विकेट गुमाएर २५ रन जोडेको छ ।
दोस्रो पालीमा अस्ट्रेलियाका नाथन ल्योन र उस्मान ख्वाजाले खाता खोल्न सकेनन् । जोए बन्र्स दुई रन जोडेर आउट भए । प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नर २२ र कप्तान स्टिभन स्मिथ शून्यमा अविजित छन् ।
बलिङतर्फ श्रीलंकाका दिलरुवान परेराले दुई र रंगना हेराथले एक विकेट लिए । अस्ट्रेलियाले दुई विकेटको क्षतिमा ५४ रनको स्थितिबाट दोस्रो दिन आफ्नो पहिलो पाली अगाडि बढाएको थियो । तर अस्ट्रेलियाले थप ५२ रन जोडेपछि बाँकी सबै विकेट गुमायो ।
श्रीलंकाका स्पिनर हेराथले ह्याट्रिकसँगैं चार विकेट लिए । दिलरुवान परेराले पनि चार विकेट हात पारे । विश्व फर्नान्डो र लक्सान सन्दाकनले एक/एक विकेट हात पारे । पहिलो पालीमा अस्ट्रेलियाका डेभिड वार्नरले ४२, मिचेल मार्सले २७, ख्वाजाले ११, एडम भोजेसले आठ र स्मिथले पाँच रन जोडे ।
पहिलो पालीमा एक सय ७५ रनको अग्रता लिएको श्रीलंकाले दोस्रो पालीमा सबै विकेट गुमाएर दुई सय ३७ रन जोड्यो । दिलरुवान परेराले ६४, कप्तान एन्जेलो म्याथ्युजले ४७, कुशल परेराले ३५, धनञ्जय डे सिल्भाले ३४ र हेराथले २६ रन जोडे । अस्ट्रेलियाका बलर मिचेल स्टार्क एक्लैले ६ विकेट हात पारे । ल्योनले दुई तथा जोस हेजलउड र जोन होलान्डले एक एक विकेट लिए ।