मनाङ मर्स्याङ्दीलाई उपाधि

मनाङ मर्स्याङ्दीलाई उपाधि

काठमाडौंः मनाङ मस्र्याङ्दी आर्चरी क्लब र म्याग्दी मगर समाज ए पाँचौं खुला रनिङ सिल्ड तारा खेल (धनुषबाँण) प्रतियोगितामा संयुक्त रूपमा अग्रस्थानमा रहेका छन् ।
थकाली सेवा समितिमा शुक्रबार भएको टिम स्पर्धामा आठ डोरका खेल समाप्तिसँगै मनाङ र म्याग्दीले समान ८८ अंक जोडेका छन् । १० डोरको खेलमा दुई डोरका खेल बाँकी रहँदा उपाधि लागि दुवै मुख्य प्रतिस्पर्धी बनेका छन् ।

मनाङ शीर्ष स्थानमा रहँदा प्रेम थापा र कमल पुर्जाले अचुक निसान लगाउँदै शतप्रतिशत अंक जोड्ने क्रममा समान १६–१६ योगदान दिएका छन् । ठागु गुरुङले एक अंक गुमाउँदै समान १५ अंकको योगदान दिए । मनाङकै लागि नोर्बु गुरुङ र अजय शेरचनले समान १४ अंक जोड्दा केश पुर्जाले १३ अंक जोडे ।

त्यस्तै म्याग्दीले शीर्ष स्थान ओगट्ने क्रममा काजी रोक्काले सबै प्रहार जोगाउँदै सर्वाधिक १६ अंंक बटुले । प्रेम पुन, मनप्रसाद पुन र हरि पुनले एक–एक सटमात्रै खेर फाल्दै समान १५ अंकको योगदान दिए । म्याग्दीकै लागि भूपेन्द्र पुनले १४ र झक पुनले अंक बटुल्दा टिमको कुल ८८ अंक बन्यो ।

 

थासाङ स्पोटर्स क्लबको आयोजना भएको खेलमा छन्त्याल समाज ८५ अंक जोड्दै तेस्रो स्थानमा रहन सफल भएको छ । आयोजक थासाङ स्पोटर्स क्लब ८४ अंकसहित चौथो स्थानमै सीमित रहेको छ ।

आयोजकका मीन गौचन भने शतप्रतिशत सफलता हात पार्दै विशिष्ट धनुधरका लागि प्रतिस्पर्धामा छन् । उनले व्यक्तिगततर्फ पनि सर्वोत्कृष्ट धनुधरको उपाधि जितेका थिए । शुक्रबारै सम्पन्न हुने प्रतियोगिता बाँकी दुई डोरको खेल कृत्रिम प्रकाशमा जारी छ ।

नेपालको पौराणिक खेल धनुषबाँण प्रतियोगिता टिम स्पर्धामा १२ टिमको सहभागिता रहने छ । एक टिममा सातजना खेलाडी समावेश गरिए पनि एक पटकमा ६ जना खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् । कुल एक सय २० अंकका लागि प्रत्येकले १० डोरमा २० तिर निशानामा लगाउने प्रयास गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.